गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यएक्कासी निस्केको प्रदुषित धुवाँको मुस्लोले वेनीवासीलाई सास फेर्न सास्ती !

एक्कासी निस्केको प्रदुषित धुवाँको मुस्लोले वेनीवासीलाई सास फेर्न सास्ती !

December 1, 2015४१९ पटक

12274220_1176691155693529_6643362442851286385_nसन्तोष गौतम, म्याग्दी २०७२ मंसिर १५ – सोमवार साँझ एक्कासी निस्केको धुवाँको मुस्लोले बेनी सदरमुकामवासी र त्यसको आसपासको नागरिकलाईलाई झण्डै ३ घण्टा सास फेर्न सास्ती भयो । त्योे धुवाँको मुस्लो कुनै घर जंगलमा आगलागि नभएर जिल्ला स्वास्थ्य कार्यालय परिसरबाट निस्केको प्रदुषित धुवाँको मस्लो थियो । आम नागरिकको स्वास्थ्य हेरचाहको जिम्मा लिएको जिल्ला स्वास्थ्य कार्यालयले उनै नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने काम गर्छ भन्दा पत्यार नलाग्ला, तर म्याग्दी सदरमुकाम बेनी बजारमा हिँजो सोमवार साँझ जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आम नागरिकको स्वास्थ्यमाथि असर पर्ने गैह्र जिम्मेवारी काम गरेर यो विश्वास तोड्ने काम ग-यो ।

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा आम नागरिकलाई नि:शुल्क वितरण गर्न राखिएका तर म्याद समाप्त भएका औषधिहरु नष्ट गर्ने क्रममा गलत प्रकृया अपनाउदा वेनी सदरमुकाम तथा पर्वतको पारी वेनी लगायत आसपासका हजारौँ नागरिकले स्वास प्रस्वासको समस्याले तीव्र विरोध जनाएका छन् । आगोमा औषधि नष्ट गर्दा बेनी बजार आसपासमा बन्दुक पड्के जस्ता आवाज समेत सुनिएको थियो ।

कार्यालयले म्याद गुज्रिएका विभिन्न किसिमका औषधिहरु अस्पताल परिसरमा आगो लगाएर नष्ट गर्ने क्रममा त्यसबाट निस्केको प्रदुषित धुवाँको मुस्लोले सोमबार साँझ साढे ६ बजे देखी राति ९ बजेसम्म स्थानीयवासीलाई स्वासप्रस्वासमै गम्भीर समस्या उत्पन्न भएको हो ।

आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने यस्तो गैह्रजिम्मेवारीपूर्ण काम गर्ने सम्वन्धित कर्मचारीहरुमाथि सरोकारवाला निकायले के गर्ला ? त्यो चाहिँ हेर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण