गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यरक्तदान कार्यक्रम

रक्तदान कार्यक्रम

December 3, 2015३७७ पटक

पर्वत, १७ मंसिर- लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका २८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी कास्की क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेपा प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र लायन्स क्लवका पदाधिकारीहरुले रक्तदान गरेका हुन् । यस अघि आयोजित कार्यक्तममा बोल्दै लायन्स क्लबका संस्थापक अध्यक्ष काशीकुमार जोशीले रक्तदान जीवनको महत्वपुर्ण कार्य भएको बताउँदै रक्तदाननै महादान भएको बताए । उनले जीवनमा रगत दान गर्नु भनेको कसैको प्राण बचाउनुसरह भएको बताउँदै सवैलाई रक्तादान गर्न आग्रह गरे । कार्यक्रममा लान्यस क्लव अफल शिवालयका निबर्तमान अध्यक्ष वसन्तकुमार जोशी, सचिव इन्द्रमान खत्री समेतले रक्तान गरेका थिए । रक्तदानका लागि क्षेत्रीय रक्तदान केन्द्रका प्राविधिक कर्मचारीहरुले प्राविधिक सहयोग गरेका थिए । सो अवसरमा रक्तदाताहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । क्लबका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव इन्द्रमान खत्रीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण