गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारघरबाट निकालिएकी महिलाले सडकमै जन्माइन् छोरा

घरबाट निकालिएकी महिलाले सडकमै जन्माइन् छोरा

December 7, 2015३८६ पटक

सुनसरी, मंसिर २१ – महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुनसरीको सुनापुर गाविसबाट घरबाट निकालिएकी एक महिलाले धरानको सडकमा सोमबार छोरा जन्माएकी छिन् ।

सोमबार विहान वडा प्रहरी कार्यालय अगाडिको सडकमा सोनापुरकी समिरा देवीले सडकमा सुत्केरी भएर छोरा जन्माएपछि स्थानीय महिला र धरान प्रहरीले उनको उद्धार गरी
बिपी प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ । श्रीमान र घरका अन्य सदस्यले हेला गरेपछि घरबाट निकालिएको पिडित महिलाले बताएकी छिन् ।

सडकमा अलपत्र अवस्थामा नवजात शिसु सहित रहेकी समिरा देबीलाई स्थानिय महिलाले कपडा दिएर बच्चाको हेराचाह गरी प्रतिष्ठान भर्ना गरेका छन् ।

घरबाट निकालिएर सडकमा सुत्केरी भएकी समिराको वारेमा प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदम कुमार सिजापतीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण