बन्दमा ट्याक्टर चलाएको भन्दै रोक्न खोज्दा ठक्कर लागेर मृत्यु
सिरहा, मंसिर २५ – बन्दमा चलाएको भन्दै ट्याक्टर रोक्न खोज्दा सिरहामा एकजनाको ज्यान गएको छ । १ त १८४५ नम्वरको ट्याक्टरलाई रोक्न खोज्दा गोलबजार नगरपालिका ४ का कुशे साहको ज्यान गएको हो ।
बन्दमा किन गाडी चलाएको भन्दै रोक्ने प्रयास गरेपनि ट्याक्टर नरोकिएपछि ग्यास सिलिण्डर प्रहार गर्दा साह लडेर ट्याक्टर अगाडी पुगेको प्रहरीले जनाएको छ । आन्दोलनकारीले भने आफ्ना कार्यकर्तालाई जानी जानी ठक्कर दिएको भन्दै बिरोध प्रदर्शन गरेका छन् ।