नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट
पर्वत, २४ साउन– नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट हुँदा ४ जना घाइते भएका छन् । नेपालकै अग्लो कुश्मा कैया झोलुंगे पुलनजिक दुवै पक्षबीच झडप भएको हो ।
शनिबार साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय पर्वतबाट ड्युटीमा खटिएको प्रहरीको टोली र सशस्त्र प्रहरी बल चण्डिका गणबाट सिविल पोसाकमा अग्लो पुल पुगेका प्रहरीबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो ।
यी दुई पक्षबीच विवाद के कसरी उत्पन्न भयो भन्ने यकिन नभए पनि मदिरा सेवन गरेकै कारण झडप भएको स्रोतको दावी छ । घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार खगेन्द्रप्रसाद जोशी र तारा सुनार रहेका छन् भने नेपाल प्रहरीका नमबहादुर गुरुङ र डोलराज थापा रहेका छन् ।
–नेपाल समाचारपत्र दैनिकबाट