गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यइन्डो नेपाल कुस्ती प्रतियोगिता सुरु

इन्डो नेपाल कुस्ती प्रतियोगिता सुरु

December 12, 2015४९७ पटक
भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरस्थित खुल्लामञ्चमा आजदेखि शन्डो नेपाल कुस्ती प्रतियोगिता सुरु भएको छ।
जिल्ला खेलकूद विकास समिति कञ्चनपुर र कुस्ती सङ्घ कञ्चनपुरको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको सांसद बहादुरसिंह थापाले उद्घाटन गरे।
सुदूरपश्चिममा कुस्ती खेल ओझेलमा परिरहेका बेला उक्त खेल माथि उठाउन प्रतियोगिता आयोजना गरिएको आयोजक जिल्ला खेलकूद विकास समितिले जनाएको छ।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न क्षेत्रका खेलाडीको सहभागिता रहेको छ। आगामी पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट हिरयाणा, राजिस्थान, दिल्ली र उत्तराखण्डलगायतका क्षेत्रका १७ खेलाडी प्रतिष्प्रर्धाका लागि आइपुगेका छन्। रासस
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण