गृहपृष्ठ » मुख्य समाचार, विशेष, शिक्षा, समचार, स्वास्थ्यप्रधानमन्त्री ओलीद्वारा पर्वतारोही शेर्पाको स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री ओलीद्वारा पर्वतारोही शेर्पाको स्वास्थ्य लाभको कामना

December 12, 2015४२९ पटक

मंसिर २६, २०७२- क्यान्सरले थलिएर उपचारत सगरमाथा आरोही वाङ्छु शेर्पालाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभको कामना गरेका छन् ।

ललितपुरको हरिसिद्धी स्थित हरिसिद्धि अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले शेर्पालाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

४७ वर्षीय शेर्पा ठूलो आन्द्रामा क्यान्सर भएर उपचाररत छन् । तीन पटक सगरमाथा आरोहण गरेका शेर्पा सगरमाथा आरोही संघका संस्थापक अध्यक्ष हुन् । शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सरगमाथा संरसक्षण अभियन्ता २०७२ को उपाधि पनि दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण