गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचाररिचार्डकार्ड धेरै भएर समस्या भयाे : नेपाल टेलिकम

रिचार्डकार्ड धेरै भएर समस्या भयाे : नेपाल टेलिकम

December 12, 2015३६७ पटक
काठमाडौं २०७२ मङ्शिर २६ : नेपाल टेलिकमको रिचार्ज कार्डमार्फत तुरुन्त रिचार्ज नहुने र लामो समयको प्रयासपश्चात् मात्र रिचार्ज हुने समस्या रिचार्ड कार्ड धेरै भएर भएको दाबी देलिकमले गरेको छ।
टेलिकमले बारम्बार रिचार्ज गर्दा पनि नहुने समस्या समाधान गर्ने उपाय खोज्नुको साटो कार्ड नै धेरै भएर समस्या देखिएको जानकारी शुक्रबार विज्ञप्ति जारी गरेर दिएको छ।
टेलिकमले केही समयअघि मात्र ५० रुपैयाँको रिचार्ज कार्ड बजारमा ल्याएको थियो। यो कार्ड एक सय देखि एक हजारको तुलनामा धेरै प्रयोगमा ल्याएकाले समस्या भएको र पटकपटकको प्रयासमा पनि रिजार्ज नहुने गरेको टेलिकमले जनाएको छ।
गत कात्तिक २२ देखि टेलिकमले स्मल डाटा प्याकेज पनि सञ्चालनमा ल्याएको थियो। यसले गर्दा पनि ५० रुपैयाँको रिचार्ज कार्ड अत्यधिक मात्रामा प्रयोगमा आएको दाबी गरेको छ।
५० रुपैयाँको रिचार्ज कार्डको अत्यधिक माग भएकोले रिचार्ज सिस्टममा समस्या आएको र समय लाग्ने भएको टेलिकमको दाबी छ। टेलिकमले रिचार्ज कार्यका लागि अन्य विभिन्न विकल्पका रुपमा पिनलेस सिस्टम एमपीओएस प्रयोग गर्न आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण