डाबर नेपालको उद्योगमा अख्तियारको छापा

फाइल फोटो
अख्तियारको केन्द्रीय कार्यालयबाट प्रहरी नायव उपरीक्षक हिमालय श्रेष्ठको नेतृत्वमा पुगेको टोली उद्योगमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।
डाबरले म्याद गुज्रेका जुस र टुथपेस्टसहितका सामाग्री भारततर्फ पठाउन लागेको उुजरी परेपछि अख्तियारको टोलीले उद्योग र वीरगञ्जको सुख्खा बन्दरगाहस्थित कन्टेनरमा पनि छापा मारेको हो ।
डाबर नेपालले म्याद गुज्रेका उपभोग्य सामान भारततर्फ निकासी गर्न लागेको जानकारी पाएपछि अख्तियारको टोली उद्योग र सुख्खा बन्दरगाह पुगेको हो ।
डाबरले भारत निकासीका लागि उपभोग्य सामान लोड गरेका ९० वटा कन्टेनर सुख्खा बन्दरागहमा राखेको थियो ।
उद्योगमा छापा मारेर सुख्खा बन्दरगाह पुगेको अख्तियारको टोलीले त्यहाँ रहेका कन्टेनरका सामान चेकजाँच गरिरहेको छ ।