अब ठूलाबडाको सम्पत्ति निगरानी हुने
काठमाण्डु, २४ साउन – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चाँडै उच्च पदस्थ व्यक्तिको सम्पत्ति,बैंकिङ कारोबार निगरानी गर्ने तयारी गरेको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको विभागका लागि मुलुककै उच्चपदस्थको सम्पत्ति निगरानी गर्नु सजिलो नभएपनि कानुन र अन्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुसार नगरी नहुने भएकाले विभाग अघि सरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण अनुसन्धान ऐनले यस्तो व्यक्तिको निगरानी गर्न भनेको छ । ऐनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद्, विशिष्ट श्रेणी वा सोभन्दा माथिल्लो श्रीणीको पदाधिकारी, संवैधानिक निकायका पदाधिकारी, पुनरावेदन वा सोभन्दा माथिल्लो तहका न्यााधीश, उच्चपदस्थ राजनीतिज्ञ, राष्ट्रियस्तरको राजनीतिक दलका केन्द्रिय सदस्य, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाको उच्च पदस्थको परिभाषा समेटेको छ ।
अन्न्पूर्णपोस्ट् दैनिकबाट