गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचारसहकारीको विकास गर्न दक्षिण एसियाली क्षेत्रीय परामर्श गोष्ठी काठमाडौंमा सुरु हुदै

सहकारीको विकास गर्न दक्षिण एसियाली क्षेत्रीय परामर्श गोष्ठी काठमाडौंमा सुरु हुदै

December 14, 2015४६८ पटक

काठमाडौं, मंसिर २८ – सहकारीको विकास गर्न भन्दै काठमाडौंमा आजदेखि दक्षिण एशियाली क्षेत्रीय परामर्श गोष्ठी शुरु भएको छ ।

भोलिसम्म चल्ने गोष्ठीको उपप्रधानमन्त्री एवं सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीले उद्घाटन गरेका छन् । गोष्ठीमा नेपाल, बंगालादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकाका करिब ६० प्रतिनिधिको सहभागिता छ ।

गोष्ठीले सार्क क्षेत्रमा राष्ट्रलाई काम लाग्ने गरी सहकारी खाद्य सम्प्रभुता, सहकारीको आगामी कार्यदिशा, क्षेत्रीय तथा विश्व सहकारीबीच समन्वय र सहकारी संघ संस्थाको विकासका लागि कानून निर्माणको बाटो पहिल्याउने बताइएको छ ।

गोष्ठीको मूख्य उद्देश्य सन् २०१६ मा हुने सहकारी मन्त्रीस्तरीय बैठकका लागि एजेण्डा तय गर्नु रहेको राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव बडालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण