गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारजानकी मन्दिर तोडफोड गरेको आरोपमा एक महिला पक्राउ

जानकी मन्दिर तोडफोड गरेको आरोपमा एक महिला पक्राउ

December 25, 2015१८१ पटक

जनकपुर, पुस १० – जानकी मन्दिर तोडफोड गरेको आरोपमा जनकपुरमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । विवाह पञ्चमीको दिन जानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारीको मन्दिर दर्शनमा गएका बेला बिरोध प्रदर्शन गर्ने क्रममा मन्दिर तोडफोड गरेको भन्दै प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुर–४ थापा चोककी ४० वर्षकी शिला देवी झा रहेको प्रहरीले जनाएको छ । झालाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रहरीले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशित तस्बिरका आधारमा अनुसन्धान गर्दा तोडफोडमा शिलाको संलग्नता देखिएको धानुषा प्रहरीका प्रवक्ता नकुल पोखरेलले जानकारी दिनुभयो । घटनामा संलग्न अरु व्यक्तिको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण