गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारमोर्चाका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

मोर्चाका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

December 25, 2015२९७ पटक

बारा, पुस १० – वीरगञ्ज कलैया सडक–खण्डमा मधेसी दलका कार्यकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन् । बिहीबार राति कलैयाबाट वीरगञ्जका लागि छुटेको ना ३ ख ८९४ नम्बरको खाली ट्रकमा मधेसी मोर्चाका कायकर्ताले बहुअरी चोकमा रोकेर आगो लगाएका हुन् ।

आगजनीबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ । ट्रकमा लागेको आगो गण्डक प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निभएका थिए ।

प्रहरीको टोली समयमै पगेर आगो निभाएकाले ट्रकमा बढी क्षति नभएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । ट्रकमा आगो लगाउनेहरुको खोजी भइरहेको बाराका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण