गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीतिनयाँ शक्ति निर्माणका लागि भन्दै पूर्व मन्त्री हिसिला यमी युएईमा

नयाँ शक्ति निर्माणका लागि भन्दै पूर्व मन्त्री हिसिला यमी युएईमा

December 25, 2015३४१ पटक

युएई, पुस १० – नयाँ शक्ति निर्माणका लागि भन्दै पूर्व मन्त्री तथा नयाँ शक्ति निर्माण अभियानकी अन्तर्राष्ट्रिय संयोजक हिसिला यामी युएई आउनु भएको छ ।

नयाँ शक्ति निर्माण अभियान युएईले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँसहित अन्तर्राष्ट्रिय बिभाग सदस्य शंकर भण्डारी दुबई आउनु भएको हो ।  एअर अरबियाको उडानबाट युएईको सारजाह एयरर्पोटमा आउनु भएकी यमीलाई युएईका नयाँ शक्ति निर्माण अभियानकर्ता उत्तम अधिकारी, शुरेस ढकाल, मुन्ना समसुल, महाप्रसाद धिताल, धर्म ढकाल, नारायण लम्साल, प्रेम सापकोटा लगायतले स्वागत गर्नु भएको थियो ।

शुक्रबार दुबईको एभरेष्ट होटलमा हुने नयाँ शक्ति निर्माण प्रशिक्षण कार्यक्रममा यमीसहितका नेताले सम्बोधन गर्ने नयाँ शक्ति निर्माण अभियान युएईका सदस्य बिनोद श्रेष्ठ क्रान्तिले जानकारी दिनुभयो ।

एमाओवादीको प्रवास संगठन जनप्रगतिशील मञ्चबाट अलग भएका धेरैजसो कार्यकर्ता नयाँ शक्तिका लागि संगठित बन्दै गएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण