गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, विशेष, शिक्षा, समचार, स्वास्थ्यखाद्यान्न नहुँदा पढाई प्रभावित

खाद्यान्न नहुँदा पढाई प्रभावित

December 25, 2015४७१ पटक

काठमाडौँ, १० पुस – कालिकोट धैलागोह ९ पुलाहाका भीमराज भण्डारी खाद्यान्न नहुँदा ओसार्न बाजुराको कोल्टीमा महिनाको दुई चक्कर लगाउछन् ।  घरदेखि १ घण्टा टाढाको कालिका निमाविमा ८ कक्षामा अध्ययनरत उनलाई खाद्यान्न जोहो गर्नुपर्दा महिनामा ९ दिन गयल हुन्छन् ।

पुलाहा क्षेत्रमा चर्को खडेरीले गएको बर्ष र अहिलेको हिँउदे दुबै बालीको उत्पादन ह्वात्तै घट्यो । बर्षे बालीको उत्पादन घटेपनि गाउँमा भोकमरी जत्तिकै समस्या  छ।  गाउँमा खाद्यान्नको बैकल्पिक उपाय नभएपछि धौलागोहावासी २ दिन पैदल हिडेर कोल्टीबाट चामल ओसार्न बाध्य छन् ।

चामलका लागी कोल्टी आउने पुलाहाका भीमराज एक्ला होइनन् । गाउँमा सबैको अवस्था उही हो । परिवारका बुढापाकाले चामल बोक्न नसक्ने भएकाले धेरैजसो स्कुले नै कोल्टी जाने गरेका छन् । आफ्ना अभिभावकसहित बालबालिका पनि खाद्यान्न ओसार्न लाग्दा विद्यार्थीको पढाई प्रभावित हुन  पुगेको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण