गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारझडपमा घाइते भएका राजेन्द्र महतोको विराटनगरमा उपचार हुँदै

झडपमा घाइते भएका राजेन्द्र महतोको विराटनगरमा उपचार हुँदै

December 27, 2015३२५ पटक

20151227073705सुमन तिमल्सिना/ विराटनगर, पुस १२ – विराटनगरमा रहेको रानी नाका बन्द गर्न खोज्ने क्रममा भएको झडपमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित ९ जना नेता–कार्यकर्ता घाइते भएका छन् ।घाइतेहरुको विराटनगरमा उपचार भइरहेको छ । शनिबार बेलुका महतो र सद्भावनाका केन्द्रीय सदस्य दिलिप धाडेवा सहितका कार्यकर्ताले नाका ठप्प पार्न जाने क्रममा प्रहरीले हटाउन खोज्ने क्रममा झडप भएको हो । नाका बन्द गराउन मोर्चाका कार्यकर्ताले जबरजस्ती गर्न थालेपछि झडप भएको प्रहरीले जनाएको छ । ‘हामीले बन्द नगराउन आग्रह गर्दागर्दै उहाँहरुले मान्नु भएन’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक तारिणी प्रसाद लम्सालले भन्नुभयो ‘दशगजा क्षेत्रमा बसेर आन्दोलन गर्ने कसैलाई अधिकार छैन, हामीले हटाउन खोज्दा झपड भयो ।’ उहाँले भन्नुभयो ‘हामीले भन्सारमा अबरोध हटाउन पक्राउ गर्न खोज्दा ढुङगामुढा भयो, प्रहरीले तितरबितर बनाउने प्रयास गर्दा आन्दोलनकारी भारतीय भूमीबाट पुगेर ढुंगा हानेका थिए ।’उहाँले प्रहरीको तर्फबाट एक राउण्ड अश्रुग्यास मात्र प्रहार भएको बताउनुभयो । झडपमा महतो सहित केही नेता–कार्यकर्ता घाइते भएका छन् । महतोको टाउकोमा चोट लागेको छ । झडपपछि भारतीय क्षेत्र जोगवनीमा पुगेका मोर्चाका कार्यकर्तालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि लखेटेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण