गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारसंविधान संशोधन विधेयकमाथिको छलफल आज सक्ने तयारी

संविधान संशोधन विधेयकमाथिको छलफल आज सक्ने तयारी

December 31, 2015३२८ पटक

काठमाडौं, पुस १६ – बिहीबार व्यवस्थापिका संसदले संविधान संशोधन विधेयकमाथिको छलफल सक्ने तयारी गरेको छ । विधेयकमाथि गएको आइतबारदेखि सुरु भएको छलफल बिहीबार सक्नेगरी तयारी गरिएको संसद सचिवालयका प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

बिहीबारका लागि ४० जना भन्दा धेरै सांसदले नाम लेखाएकोमा त्यो संख्या घटाएर भएपनि छलफल सक्ने तयारी गरिएको हो । विधेयकमाथि बोल्ने सांसदको संख्या घटाउनेबारे सभामुख ओनसरी घर्तीले विभिन्न दलका मुख्य सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

विधेयकमाथिको छलफल अहिले पनि चलिरहेको छ । छलफलमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगानाले अन्तरिम संविधानमा भएका केही कुरा नयाँ संविधानमा छुटेकाले त्यसलाई समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले समानुपातिक प्रतिनिधित्वको व्यवस्था कायम रहनुपर्ने र नयाँ संविधानमा छुटेका विषयलाई संशोधनमार्फत समावेश गर्नुपर्ने भन्दै अन्तरिम संविधानभन्दा पछी फर्कन नहुनेमा जोड दिनुभयो ।

यस्तै, एमालेका राजेन्द्र पाण्डेले नयाँ संविधानमा नपुगेका र छुटेका विषयलाई फेरि पनि संशोधन गर्दै लैजान सकिने भएकाले यो संशोधन प्रस्तावलाई पारित गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण