धामीले हसिया तताएर बालिकाको पेटमा रोप्दा…
काठमाण्डु, २४ साउन– यी बालिकाको पेटमा देखिएकोे यस्तो दाग कुनै ठेउला वा छालासम्बन्धी रोगबाट उत्पन्न भएको होइन ।
यो त धामीले झारफुक गर्दा हसिया तताएर ५ वर्षकी बालिको पेटमा छेड्दा यस्तो भएको हो । झापाको बिर्तामोड–३ की ५ वर्षीया सुनिता टुडुलाई झारफुकको नाममा मरणाशन्न अवस्थामा पुर्याइएको छ । पेट दुखेर बिरामी भएकी बालिकालाइ धामीले निको पार्न हसिया तताएर पेटमा रोपेका थिए । अहिले यी बालिकाको बिर्तामोडस्थित कञ्चनजंघा अस्पतालमा उपचार भइरहेको छ ।