गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारप्रचार प्रसारको अभावमा पर्यटकीय गाउँ धम्जा ओझेलमा

प्रचार प्रसारको अभावमा पर्यटकीय गाउँ धम्जा ओझेलमा

January 13, 2016२२० पटक

सुरेश छन्त्याल बागलुङ, पुस२९ गते । पर्यटकीय गन्तव्यका लागि सम्भावनायुक्त बागलुङ जिल्लाको धम्जा गाविस प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यता तथा जैविक बिविधताले भरिपुर्ण धम्जा11811433_894628477257912_8896036142697881744_n गाविस पुर्वाधारको कमिले गर्दा ओझेलमा परेको हो । धम्जा देउरालीबाट देखिने विभिन्न हिमश्रृङखलाको अवलोकनका लागी बर्षेनी सयौँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेता पनि उचित फाइदा लिन सकिएको छैन । बिशेषगरी धम्जा, तंग्राम, अर्गल, अमरभुमी लगायतका क्षेत्रको व्यापारिक केन्द्रका रुपमा रहेको धम्जा देउरालीमा अहिले चहलपहल समेत घट्न थालेको छ । यातायातको सहज पहुँच भएसंगै पैदल हिड्ने मानिसको संख्यामा कमी आउदा धम्जा देउराली पहिलेको तुलनामा अहिले सुनसान जस्तै बनेको छ । स्वास्थ्यका हिसाबले पनि केन्द्रमा विभिन्न क्षेत्रबाट स्वास्थ्य चेक जाँचका लागी मानिसहरु आउने गरेकोमा अहिले धम्जासंग जोडिएका क्षेत्रमा स्वास्थ्यमा स्तरोन्नती भएसंगै चहलपहल कम भएको स्थानीयबासीहरुले बताएका छन् । ग्रामिण भेगका मानिसहरु बसाईसराइ गरी बजारमा व्यापार व्यवसाय सञ्चालन गर्न आउनु र गाउँमा भएका युवा जनशक्तिहरु दैनिक विदेश पलायन भैरहदा पनि त्यस क्षेत्रको पर्यटकिय विकास हुन सकेको छैन । प्रचार प्रसारको कमि र गाडीको असुबिधा हुदा पर्यटकको संख्यामा कमि आएको स्थानीय व्यापारी लक्ष्मी न्यूरेले बताउनुुभयो । मध्यपहाडी लोकमार्गको विस्तार संगै पर्यटकहरु गाडीमा यात्रा गर्न थालेपछि धम्जा गाविस ओझेलमा परेर पर्यटक आगमन घटेको स्थानीय व्यापारीको भनाई छ । विभिन्न हिमश्रृङखला, पिकनिक स्पोर्ट, लालीगुराँसहरुको अवलोकन गर्न एवं एकान्त वातावरण रुचाउनेहरुलाई धम्जा गाविस उपयुक्त स्थान मान्न सकिन्छ । त्यस क्षेत्रमा पर्यटकीय स्थलहरुको संरचना सुधार गरी बाह्य पर्यटकमैत्री बातावरण बनाउन आवश्यक रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण