गृहपृष्ठ » मुख्य समाचार, राजनीतिदलहरुबीच यसरी भयो ६ प्रदेशमा सहमति (हेरौँ तपाईको जिल्ला कुन प्रदेशमा)

दलहरुबीच यसरी भयो ६ प्रदेशमा सहमति (हेरौँ तपाईको जिल्ला कुन प्रदेशमा)

August 9, 2015३५५ पटक

-कृष्ण आचार्य6-pardeshकाठमाण्डु, २४ साउन– लामो समयदेखि मिल्न नसकेको संघीयताको विषयमा अन्ततः प्रमुख दलहरुले मध्यरातमा सहमति गर्दै देशलाई ६ प्रदेशमा लैजाने सहमति गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवाद समितिका सभापति बाबुराम भट्टराईसहितका नेताहरूबीचको छलफलबाट भएको सहमतिका आधारमा शीर्ष नेताले मध्यरातमा हस्ताक्षर गरेका हुन् ।dal-sirshaसहमति भएको ६ प्रदेशमध्य ४ प्रदेशले उत्तर दक्षिण दुवैतर्फका अन्तर्राष्ट्रिय सीमा छोएका र २ प्रदेश दक्षिणतर्फ जोडिएका छन्। विवादमा रहेका कैलाली र कञ्चनपुर सुदूरपश्चिममै रहने र झापा, मोरङ र सुनसरी पूर्वाञ्चलमै रहने गरी दलहरुका बीचमा सहमति भएको हो ।

विशेष समितिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरूपको विषयमा भने ठोस छलफल भएन । कांग्रेसले संसदीय व्यवस्थाको अडान नछाड्ने भएपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबारे सहमति जुट्न नसकेको एक नेताले काठमाण्डु टुडेलाई बताए ।

उता फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ६ प्रदेशमा थारुहरुको बाहुल्यता रहेको जिल्ला पश्चिमको कैलाली सुदूरपश्चिमको पहाडी प्रदेशमा नगाभ्न र पूर्वको सप्तरीलाई झापा, मोरङ, सुनसरीबाट अलग नगर्न पहल गरेता पनि त्यसमा कुनै सहमति हुन सकेन । त्यै पनि उनले संविधान निर्माणको प्रक्रियामा बाधा नगर्न फरक मतसहित हस्ताक्षर गरेका हुन् ।

विशेष समितिको प्रस्तावअनुसार प्रदेशको सीमा निर्धारणसम्बन्धी थप काम संघीय आयोगमार्फत हुने नेताहरुले बताएका छन् ।

हेरौँ तपाईको जिल्ला कुन प्रदेशमा पर्छ

प्रदेश १ः झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ ।

प्रदेश २ः सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतटह, बारा र पर्सा ।
प्रदेश ३ः सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र ललितपुर ।
प्रदेश ४ः गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दी, मनाङ, कास्की, मुस्ताङ र नवलपरासीको बर्दघाटबाट सुस्ता पूर्व र बागलुङको पूर्वी भाग ।
प्रदेश ५ः नवलपरासीको सुस्ता पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुमको पूर्वीभाग र बागलुङको पश्चिमी भाग ।

प्रदेश ६ः रुकुमको पश्चिम भाग, सल्यान, डोल्पा, जाजरकोट, सुर्खेत, कैलाली, कञ्चनपुर, जुम्ला, कालीकोट, दैलेख, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण