गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचारईलाका गोष्ठीबाट सडकलाई प्राथमिकतामा !!

ईलाका गोष्ठीबाट सडकलाई प्राथमिकतामा !!

January 20, 2016२७० पटक

सुरेश छन्त्याल  गल्कोट, २०७२ माघ ५ – जिल्ला विकास समिति बागलुङको आयोजनामा पाण्डबखानीमा भएको ईलाका नम्वर–९ को ईलाका गोष्ठीबाट सडकलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गरिएको छ । गोष्ठीले कृषि सडक अन्तरगत खर्वाङ– नौटुवा–टाकर–सिसाखानी सडकलाई पहिलो र ग्वालिचौर–रणसिंहकिटेनीसडकलाई दोस्रो प्राथमिकतामा पारेको छ । निर्वाचन क्षेत्र विकाश कार्यक्रम अन्तरगत रिघा– गोप्ल्याङ–मल्म–पाण्डवखानी सडकलाई पहिलो, रमुवा–रणसिंह किटेनी सडकलाई दोस्रो र  पाण्डवखानी–सिसाखानी–खर्वाङ सडकलाई तेस्रो प्राथमिकतामा राखिएको छ । गोष्ठिबाट खानेपानी योजना, मुहान संरक्षण, शिक्षा सम्बन्धि योजना, कृषि तथा पशुपालन तालिम, व्यवसायिक खेती लगायतका योजना बनाईएको जिल्ला विकश समिति बागलुङका प्रशासन प्रमुख ससबहादुर पुनले जानकारी दिए । 

11811433_894628477257912_8896036142697881744_n-430x311                जिल्ला विकास समिति बागलुङले सवै विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई गोष्ठिमा अनिवार्य रुपमा सहभागी हुन पत्राचार गरेपनि ३ ओटा कार्यालयबाट मात्र सहभागीता रहेकोमा स्थानियले असन्तुष्टि व्यक्त गरेका थिए । गोष्ठिमा जिल्ला शिक्षा कार्यालय, पसुसेवा कार्यालय र कृषि विकास कार्यालयका प्रतिनिधि मात्र उपस्थित भएका थिए । कार्यक्रममा आगमि परिषद्मा विषयगत कार्यालयबाट अनिवार्य उपस्थित हुनुपर्ने स्थानियले माग गरेका थिए । कार्यक्रममा पाँच राजनैतिक पार्टीका प्रतिनिधिले संयुक्त रुपमा दिप प्रज्वलन गरि गोष्ठिको उद्घाटन गरेका थिए । नेपाली काग्रेसका कार्यवाहक सभापती जगदिशचन्द्र उपाध्याय, नेकपा एमालेका सल्लाहकार परिषद् सदस्य खडक पुन, एकीकृत नेकपा माओवादीका छमबहादुर काउचा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघबहादुर पाईजा र नेकपा क्रान्तिकारी माओवादीका महेन्द्र  गलामीलेगोष्ठिको उद्घाटन गरेका हुन ।

कार्यक्रम जिविसका प्रशासन प्रमुख पुनको अध्यक्षता, जगदिशचन्द्र उपाध्ययको स्वागत र पाण्डवखानी गाविसका पुर्व गाविस सचिव महेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण