गृहपृष्ठ » देवदह विशेष, समचारएन आर एन मलेसिया को लागि उम्मेद्बारी दर्ता सम्पन्न

एन आर एन मलेसिया को लागि उम्मेद्बारी दर्ता सम्पन्न

August 9, 2015४९१ पटक

NRNA malaysiaसुसान आचार्य /उज्यालो लालटिन मलेशिया २४ साउन– एनआरएनए मलेसियाको अगामी अधिबेसनको लागी उम्मेदवारी दर्ता हिजि शनिवार सकिएको छ । एनआरएन कार्यलय क्वालालम्पुरमा हिजो भएको उम्मेदवारीदर्ता मा अध्यक्ष २ र उपाध्यक्ष्मा ३ जना रहेका छन् । गैर आवासिय नेपाली संघ मलेसिया(एनआरएन)को आउँदो २२ गते हुनेचुनावले यति वेला मलेसियामा रहेका नेपालीहरुको माहौल भने त्यति तातेको छैन । अध्यक्षमा महेन्द्र जंग शाह र हरि भटटराईको उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी उपाध्यक्षमा सुकमाया गोमार सि(शान्ती), मिमलाल शर्मा (राजु), र राजवहादुर रानाको उम्मेदवारी परेको छ । यसैगरी महासचिवमा लाल वहादुर आले(सुन्दर), सचिवमा सुभद्रालिङदेन, कोषाध्यक्षमा श्याम कला तिवारी र युवा संयोजकमा किरणजीतवहादुरको उम्मेदवार परेको छ । उनिहरुको लागी कुनै अन्य उम्मेदवारी नपरेकाले दाबी बिरोध र फिर्ता नभएमानिर्बिरोध निर्वा्चित हुने सम्भावना रहेको छ । यसैगरी सदस्यहरुमा रन्जीत कुमार क्षेत्री, विनोद पाण्डे, कृष्ण प्रसाद नेपाल, टेकवहादुर टोमटा, टेक वहादुर घर्ती, ज्ञानेन्द्र वहादुर सिह, हरि प्रसादकोईराला, राजेन्द्र वहादुर साउद,देवी कुमारी खड्का(टमोटा)यज्ञँ प्रसाद कुवँरर वीर वहादुर रानाभाटको उम्मेदवारी परेको छ । आईसिसि सदस्यहरुमा खगेन्द्रन्यौपाने र रमेश प्रसाद तिवारीको उम्मेदवारी दिनभएको छ । करीव ८ लाख नेपालीहरु रहेको मलेसियामा गैर आवासिय नेपालीसंघमा ७३१ जना सदस्यहरु मात्र रहेका छन भने ५४९ जना सदस्यहरुले मात्र मतदानमा भाग लिनपाउने छन् । निर्वाचन समितिका सम्योजक धिरेन्द्र कोइरालाले आगामी १५ अगस्ट सम्म दाबीबिरोध र उम्मेदवारी फिर्ता लिन सकिने जानाकारी दिनु भयो । निर्वाचनसमितिका सम्योजकमा धिरेन्द्र कोइरालाल सदस्य डा राजेन्द्र श्रेष्ठ र रामचन्द्र गिरीरहेका छन् । यता मलेसियामा कार्यरत प्रबासी नेपाली हरुले भने आगामी २२ अगस्ट मा हुन लागेको अधिबेशन संगठन को बिधान बिपरित नियोजित रूपमा गर्न लागेको भनी असन्तुष्टि जनायका छन ।।प्रबासी नेपाली हरुको हक अधिकार सुनिस्चित गर्न मिनि दूतावास सरह अधिकार हुने एन आर एन जस्तो पबित्र सस्था केबल दुई ब्यक्तिको पहुँचमा मात्र कायम राखी आफू र आफ्नो आफन्तको मात्र हालीमुहाली गर्न लागि परेको भनी अधिकाम्स नेपाली हरुले बिरोध जनायका छन ।।उनिहरुले एकल रूपमा आफ्नो ब्यक्तिगत स्वार्थ को लागि संगठन लाई प्रयोग गरेको र नितान्त असम्बैधानिक तबर ले अधिबेशन तय गरिएको भनी समाबेसी नया सम्रचना नहुदा सम्म भाग नलिने जनायका छन ।। आगामी २२अगस्ट मा तय गरिएको अधिबेशन मा उठन लागेका प्रस्तावित उमेदवार हरु मलेसियामा लामो समय देखि विभिन्न काम कारबाही बाट बिबादास्पद बनेका छन ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण