गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेषनया शक्ति निर्माण परिषद्द्धारा नगर कमिटी गठन

नया शक्ति निर्माण परिषद्द्धारा नगर कमिटी गठन

January 31, 2016१८९ पटक

images.jpgअनिल खत्री गुल्मी माघ १७ – गुल्मीमा नया शक्ति निर्माण परिषद्द्धारा नगर कमिटी गठन भएको छ । शनिवार गुल्मीको सदरमुकाम तम्घासमा बसेको भेलाले रेसुङ्गा नगरपालिकाको कमिटि घनश्याम पाण्डेको अध्यक्षतामा १७ सदस्यीय गठन गरेको छ । जसको सदस्यहरुमा श्याम बहादुर खत्री, दिपक पाण्डे, डेन बहादुर बस्नेत,कृष्ण बहादुर पुन, मुमलाल पाण्डे, वेदना गुरुङ, कमल भट्टराई,हर्क बहादुर बलाल, खगीशरा धर्ति, जमुना पाण्डे, झक बहादुर वि= क=, हरि बराल, सहित ४ जना सदस्य पछि मनोनय गन गरि समिती गठन भएको नयाँ शक्ति जिल्ला परिषद गुल्मीका संयोजक पुनाराम ज्ञवालीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
कार्याक्रममा केन्द्रिय अभियान्ता बामदेव क्षेत्री, राजु नेपाली गोविन्द के. सी. र अर्घाखाची जिल्ला अभियान्ता श्री गोकर्ण थापाले प्रशिक्षण तथा शुभकामना मन्तव्य व्यक्त्त गर्नभएको थियो । भेलाले कमला पुनलाई जिल्ला सचिवालयमा राख्ने निर्णय गरेको छ । कार्यक्रम नयाँ शक्ति जिल्ला परिषद गुल्मीका संयोजक पुनराम ज्ञवाली अध्यक्षता कन्द्रिय अभियानता बामदेव क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रम घन बहादुर खड्काको स्वागत मन्तव्य र नयाँ शक्ति जिल्ला परिषद गुल्मीका सचिवालय प्रमुख जनक पन्थको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण