गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, राजनीति, विशेष, समचारमलेसियाको केलाङमा नेपाल तामाङ घेदुङ क्षेत्रिय कमिटि गठन

मलेसियाको केलाङमा नेपाल तामाङ घेदुङ क्षेत्रिय कमिटि गठन

February 1, 2016५३६ पटक

20160201083016अर्पण मगर “बुद्ध “क्वालालम्पुर १८, माघ मलेसियाको केलाङस्थित गाउँवेसी रेष्टुरेण्टमा हिजो ३१ जनवरी २०१६ आइतवारको भेलाले ९ सदस्या रहने गरी नेपाल तामाङ घेदुङ मलेसिया केलाङ क्षेत्रिय कमिटि गठन भएको छ ।उपाध्यक्ष वम तामाङको संयोजकत्वमा भएको उक्त भेलाले केलाङ, कापार, शाहआलम, पोर्टकेलाङ र मेरु क्षेत्रका तामाङहरुलाई समेटेर ९ सदस्या कार्यसमिति रहने गरी नेपाल तामाङ घेदुङ मलेसिया केलाङ क्षेत्रिय कमिटि गठन भएको छ ।कृष्ण मोक्तान तामाङको अध्यक्षतामा ९ सदस्या कार्यसमिति चयन गरेका छन् । उपाध्यक्ष कृष्ण थिङ तामाङ, सचिव दावा छिरिङ तामाङ थोकार, कोषाध्यक्ष इन्द्र दोङ तामाङ रहेका छन् । त्यसैगरी सदस्याहरुमा देव वाईव तामाङ, हेमलाल वाईवा तामाङ, निरोज गोले तामाङ, लक्ष्यमन लोप्चन तामाङ र वीरबहादुर थोकार तामाङ रहेका छन् ।नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष श्याम तामाङले केलाङ क्षेत्रिय कमिटिका सम्पूर्ण पदाधिकारीहरुमा बधाई तथा कार्य सफलताका लागि शुभकामना समेत दिनुभएको थियो । भेलामा नेपाल तामाङ घेदुङ मलेसियाका सदस्य हेमन्त लो तामाङ, महासचिव विनो योञ्जन तामाङ र अन्य तामाङहरुको उपस्थिति समेत थियो ।गत ९ जनवरीमा स्थापना भएको नेपाल तामाङ घेदुङ मलेसियाले आफ्नो क्षेत्रिय तथा इकाई कमिटि विस्तार गर्ने क्रममा केलाङस्थित पहिलो क्षेत्रिया कमिटि गठन गरिएको हो । संगठनलाई मलेसियाव्यापी विस्तार गर्ने अभियानलाई तिव्र बनाईरहेको उपाध्यक्ष बम तामाङले आफ्नोे मन्तव्यमा राख्नु भएको थियो । मलेसियामा झण्डै १ लाख तामाङहरु कार्यरत छन् । कार्यरत तामाङहरुको हरेक किसिमका समस्यहरुमा सहयोग गर्ने र तामाङ भाषा, संस्कृति, भेष–भूषा, रितिरिवाजको संरक्षण तथा प्रबर्दन गर्नका लागि नेपालतामाङ घेदुङ मलेसिया स्थापना भएको छ। साथै, मलेसियामा कार्यरत सम्पूर्ण तामाङ दाजु भाइ तथा दिदी वहिनीहरुलाई नेपाल तामाङ घेदुङ मलेसियाले सदस्या बनिदिनका लागि हार्दिक अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण