गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यचोरीको अभियोग लागेका व्यक्ति २७ वर्षपछि पक्राउ

चोरीको अभियोग लागेका व्यक्ति २७ वर्षपछि पक्राउ

February 1, 2016२९५ पटक
भक्तपुimages.jpgर माघ १८, २०७२- महानगरीय प्रहरी परिसर भक्तपुरले चोरीको अभियोग लागेका एक जनालाई २७ वर्षपछि पक्राउ गरेको छ । २१ वर्षको उमेरमा चोरी गरी फरार रहेका भक्तपुर नगरपालिका १३ खौमाका ४८ वर्षीय राजेन्द्र सुवाललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

सुवाललाई जरिवाना र कैद भुक्तानीका लागि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी शेखर खनालले बताए । सुवाललाई २०४५ असोज २४ गते भक्तपुर जिल्ला अदालतले १ महिना १५ दिन कैद र ७ हजार ७ सय ७० जरिवानाको फैसला सुनाएको थियो । पक्राउपछि सुवाललाई आइतबारै भक्तपुर जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

सुवालले तोकिएको जरिवाना अदालतलाई बुझाएको र कैद भुक्तानीका लागि केन्द्रीय कारागार डिल्लीबजार पठाइएको खरेलले बताए ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण