गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारवडामा पराजित, नगर सभापतिमा विजयी

वडामा पराजित, नगर सभापतिमा विजयी

February 1, 2016२९५ पटक

भीमदत्तनगर, माघ १८ गते। नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर सभापतिमा हरि बोहरा भारी मतले विजयी हुनुभएको छ ।

नगर सभापतिमा विजयी बोहराले २८८ मत र प्रतिद्वन्द्वी राजेन्द्र भट्टले ६७ मत पाउनुभएको छ । बेदकोट नगरको सचिवमा दीबहादुर कुँवर र कोषाध्यक्षमा सुवास मल्ल विजयी हुनुभएको छ ।

काँग्रेस कञ्चनपुरका उपसभापतिसमेत रहेका बोहरा गत शुक्रबार सोही नगरपालिकाको वडा निर्वाचनमा पराजित हुनुभएको थियो । वडा नं ७ को निर्वाचनमा पराजय बेहोरेपछि उहाँको जिल्ला सभापति पदका लागि प्रतिस्प्रर्धा गर्ने बाटो बन्द भएको थियो । काँग्रेस कञ्चनपुरको सभापति पदका दाबेदारका रुपमा हेरिएका बोहराले अब २२ गते हुने क्षेत्रीय निर्वाचनमा महाधिवेशन प्रतिनिधि जितेपछि जिल्ला सभापति भिड्न बाटो खुल्नेछ ।

त्यसैगरी झलारीपिपलाडी नगरपालिकाको नगर सभापतिमा ३४० मत ल्याएर जयबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी लोकराज उप्रेतीले २०२ मत प्राप्त गर्नुभयो । त्यसैगरी सचिवमा देवराज Nepali Congressजोशी र कोषाध्यक्षमा जयलाल महता विजयी हुनुभएको छ ।

यहाँको दोधाराचाँदनी नगरपालिकाको नगर सभापतिमा १६२ मत ल्याई डम्बर चन्द विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी नाफुसिंह साउद र पुष्कर जोशीलाई पराजित गर्नुभयो । सो नगर समितिको सचिवमा राजेन्द्र मल्ल र कोषाध्यक्षमा कर्णबहादुर सिंह निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कञ्चनपुरकै कृष्णपुर नगरपालिकामा भक्तबहादुर खत्रीले ११३ मत प्राप्त गरी सभापति पदमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी बलराम पन्तलाई ८४ मतमा समिति पार्नुभयो । खत्री नेतृत्वको नगर समितिको सचिवमा सुरज महता र कोषाध्यक्षमा निर्मला भट्ट विजयी हुनुभएको छ ।

बेल्डाँडी नगरपालिकाको नगर सभापतिमा हर्कदेव जोशी विजयी हुनुभएको छ । एक सय ३९ मत प्राप्त गरी विजयी हुनुभएका जोशीले प्रतिद्वन्द्वी मदन खत्रीलाई ८५ मतमा सीमित राख्नु भयो । बेल्डाँडी नगर सचिवमा गजबहादुर विष्ट र कोषाध्यक्षमा सरस्वती शाही विजयी हुनुभएको छ ।

त्यस्तै पुनर्वास नगरपालिकाको नगर सभापतिमा एमप्रसाद पौडेल विजयी हुनुभएको छ । पौडेलको १६३ मत छ भने उहाँका प्रतिद्वन्द्वी हरि अधिकारीले ११२ मत प्राप्त गर्नुभएको थियो । सो समितिको सचिवमा लोगबहादुर कार्की र कोषाध्यक्षमा निर्मल खडायत विजयी हुनुभएको छ ।

त्यसैगरी बेलौरी नगरपालिकाको नगर सभापतिमा रामलाल राना विजयी हुनुभएको छ । उहाँले १२४ प्राप्त गर्नुभयो । त्यसैगरी समितिको सचिवमा मोहनदेव भट्ट र कोषाध्यक्षमा रघुवीरसिंह भण्डारी विजयी हुनुभएको छ । भीमदत्तनगरपालिकाको मतगणना आज हुँदैछ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण