यू–१९ क्याप्टेन राजु रिजालको उमेरमा प्रश्न उठाउँनेको मुखमा बुझो, आइसिसीले यसो भन्यो
काठमाण्डु, २० माघ– नेपाली अन्डर नाइन्टिन क्रिकेट टिमका क्याप्टेन राजु रिजालको उमेरका सम्बन्धमा उठेको प्रश्नमा कुनै दम नरहेको इन्टरनेसनल क्रिकेट काउन्सिलले बताएकोछ । बंगलादेशमा जारी अन्डर नाइन्टिनविश्वकप क्रिकेट खेल्न क्याप्टेन रिजाल पूर्णतः योग्य छन् भन भन्दै आइसिसीले प्रष्ट पारेपछि उनको उमेरमाशंका गर्नेहरु शान्त भएका छन् ।आइसिसीले भनेको छ, ‘हामीले क्याप्टेन रिजालमाथि उब्जेका विषयहरु नियाल्यौं । नेपाल क्रिकेट एसोसिएसनले पठाएको रिजालको कागजपत्रहरु पनि दोहोर्याएर हेर्यौं । जहाँ रिजालको जन्म मिति २६ सेप्टेम्बर १९९६ लेखिएको छ । यसकारण उनी जारी प्रतियोगिताका योग्य खेलाडी हुन् । ’सोमबार भारत मुम्बईका क्रिकेट खेलाडी कुस्तुभ पवरले रिजालको उमेर २५ वर्ष भएको आरोप लगाएका थिए । र उनलेसामाजिक सञ्जालहरुमा यो विषयलाई खुबै उचालेका पनि थिए । कुस्तुभले रिजालसँग अन्डर १५ उमेर समूहमा सँगै खेलेको दावी गरेका थिए । त्यो बेला राजुले आफ्नो थर शर्मा लेखाउने गरेको कुस्तुभको दावी थियो ।आइसिसीले यस विषयमा थप प्रष्ट पार्दै भनेको छ, ‘कुनै ठोस सबुत नभेटिएसम्म अहिलेका लागि यो विषय यहि समाप्त भएको छ ।’