गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, विशेष, समचारबिना अनुमानि व्यापार सहित नक्कली भिसा लिइ बसेको आरोपमा एनआरएन मलेसियाकी सचिव पक्राउ

बिना अनुमानि व्यापार सहित नक्कली भिसा लिइ बसेको आरोपमा एनआरएन मलेसियाकी सचिव पक्राउ

February 6, 2016३८२ पटक

20160206075013अर्पण मगर “बुद्ध ” उज्यालो लालटिन /क्वालालम्पुर ,मलेसियाएनआरएन मलेसियाकी सचिव सुभद्रा लिङदेनलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको छ।अवैध रुपमा बसेको र बिना अनुमानि पत्र व्यापार गरेको भन्दै उनीसहित अर्का एकनेपाली महिला र एक भारतीय लाई पक्राउ गरिएको त्यहाँको अध्ययागमन विभागले जनाएको छ। नक्कली भिषा लिई लुकेर बसेको भन्दै पक्राउ गरेको हो ।नेपाली २ जना महिलासँग रहेको भिसा डुब्लिकेट भएको पाइएको मलेसिया प्रहरीले जनाएको छ। उनी उनी क्वालालम्पुर स्थित खुकुरी रेष्टुरेन्टकी संचालिका समेत हुन्। अध्ययागमन, प्रहरी, डोमेस्टिक ट्रेड मन्त्रालय, कम्पनी कमिसन अफ मलेसियाको सहकार्यमा छापा मारि उनीहरुलाई पक्राउ गरिएको द मलेसिया इन्साइडर नामक अनलाइनले छापेको छ। व्यापार अनुमति पत्र नहुनु विना अनुमति पत्र व्यापार संचालन गर्नु, विना अनुमति विज्ञापनको बोर्ड टाङ्नु र तल्लो स्तरको सरसफाइ पाइनु अनुमगनमा भेटिएको थियो।उक्त क्षेत्रमा ३ सय वटा व्यापार क्षेत्र दर्ता गरेको थियो जस मध्ये ७३ वटा चाँही वैदेशिक व्यापारमा दर्ता गरिएका थिए। यस्ता व्यापारीक क्षेत्रमा यो पहिलो पटक छापा मारिएको हो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण