गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यहत्याको बिरोधमा कपिलवस्तुमा विद्यालय तथा यातायात ठप्प

हत्याको बिरोधमा कपिलवस्तुमा विद्यालय तथा यातायात ठप्प

February 12, 2016२१२ पटक

कपिलवस्तु, माघ २९ – नचिनेका मानिसको समूहले बिहीबार बेलुका कपिलवस्तुको जितपुरका राजेश सेनको गोली हानी हत्या भएको विरोधमा शुक्रबार जिल्लाका शैक्षिक संस्था तथा सार्वजनिक यातायात बन्द भएका छन् ।

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले हत्यामा संलग्नको पहिचान र कारवाहीको माग गर्दै बिरोधमा उत्रिएका हुन् । तरुण दल र नेपाल विद्यार्थीसंघका कार्यकर्ताको बिरोध प्रदर्शनका कारण सदमुकाम तौलिहवा, वाणगंगा, गजेहडा, ओदारी लगायतका स्थानका शैक्षिक संस्था बन्द भएका छन् ।

बिरोध प्रदर्शनका कारण तौलिहवा–जितपुर सडकखण्डमा गाडी चल्न सकेका छैनन् । वाणगंगा नगरपालिका–१० जितपुर चोकमा साथीसँग कुरा गरिहरहेका बेला बिहीबार बेलुका ३७ वर्षका राजेश सेनलाई मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका थिए ।

छातीमा गोली लागेका सेनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको हो । गोली हान्ने समूहको खोजी भइरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण