गृहपृष्ठ » मुख्य समाचार, राजनीतिजिल्ला टुक्राएको बिरोधमा बागलुङ बन्द, निर्णय फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी

जिल्ला टुक्राएको बिरोधमा बागलुङ बन्द, निर्णय फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी

August 9, 2015३७५ पटक

baglung-municipality-photo-nirjana-sharmaबागलुङ, २४ साउन–दलहरुबीच शनिबार मध्यराति संघीयताको सीमांकनमा भएको सहमतिले बागलुङ जिल्ला टुक्राएको भन्दै राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायीले आइतबार बिहानैदेखि जिल्ला बन्द गराएका छन् ।

बन्दका कारण बागुलुङ बजारबाट थप्प रहेको छ भने बजारबासीहरु प्रदर्शनमा उत्रिएका छन् । राजनीतिक दलका जिल्ला तहको नेतृत्वमा नै नै आन्दोलन अगाडि बढेको छ । जिल्लाका सबैजसो राजनीतिक दलहरुले बाग्लुङलाई टुक्राउने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

कांग्रेसका कार्यबहाक जिल्ला सभापति जगदीशचन्द्र शर्माले दलहरुले बागलुङ जिल्लालाई विनाआधार टुक्राएको आरोप लगाएका छन् । बगलुङको गहना र स्रोतको रुपमा रहेको ढोरपाटन क्षेत्र टुक्राउनुमा नियोजित षड्यनत्र भएको उनको भनाइ छ । उनी भन्छन्, ‘दलहरु बीचको सहमतिमा जसरी बागलुङ जिल्लालाई खण्डित गरिएको छ त्यसको कुनौ आधार र औचित्य छैन । त्यसैले यो निर्णय तुरुन्तै फिर्ता हुनुपर्छ । उनले निर्णय फिर्ता नहुन्जेल आफूहरुले आन्दोलनलाई जारी राख्ने बताए ।

एमालेका अध्यक्ष श्रीप्रसाद शर्माले बागलुङको पहिचान र साधनस्रोत लुटिएको बताएका छन् । बागलुङ जिल्लालाई विनाआधार टुक्राइएको भन्दै उनले भने, ‘बागलुङको विभाजमा कुनै आधार नै छैन् । जिल्लाको साधनस्रोत भएको भागलाई टुक्राएर अर्काेप्रदेशमा पारिएको छ । यसले बागलुङबासीको हित गर्दैन ।’ उनले बागलुङ जिल्लालाई अखण्डित राख्न सक्पूर्ण दल, व्यापारी, नागरिक समाज र जनताहरु एकजुट भएर आन्दोलनमा ओलिएका कारण दलहरुले यो निर्णयलाई सत्तयाउनै पर्ने बताए ।

एमाओवादी बागलुङका प्रचार विभाग प्मुख कृष्णबहादुर केसीले ठूला नेताहरुले आफ्नो क्षेत्र टुक्राउन नमान्ने र टुक्राउने आधार नै नभएका जिल्ला टुक्राएर तुच्छ राजनीति गरेको आरोप लगाएका छन् । उनलदे भने, ‘केपी ओली, कृष्ण सिटौलाहरुलाई पूर्व अखण्ड चाहिने, शेरबहादुर र भीम रावललाई सुदूरपश्चिम अखण्ड चाहिने अनि अरुको षेत्रलाई विनाआधार टुक्राउने ?’ ठूला नेता भनाउँदाहरुको सामन्ती सोचका कारण बागलुङ टुक्राइएको उनको आरोप छ । दलहरुले गरेको निर्णय नसच्याए आन्दोलनलाई निरन्तरता दिनुको विकल्प नभएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण