गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारशान्तिका लागि पाकिस्तानसँग याचना

शान्तिका लागि पाकिस्तानसँग याचना

August 9, 2015२८८ पटक

pak-afaganiइस्लामावाद, २४ साउन-पाकिस्तानका लागि अफगानिस्तानका राजदूतले अफगानिस्तानमा शान्ति स्थापनाका लागि पाकिस्तानको सहयोगको याचना गरेका छन् ।

पाकिस्तानमा रहेका अफगान राजदूतले अफगानिस्तानमा शान्ति स्थापनाका लागि पाकिस्तानका धर्म गुरुहरुसँग सो सहयोगको याचना गरेका समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार अफगानिस्तानमा जारी रहेको हिंसाको अन्त्यगरी शान्तिको स्थापनाका लागि ती राजदूतले धार्मिक गुरुहरुसँग शनिबार सो आग्रह गरेका हुन् ।

अफगानिस्तानमा दुई दिनमात्र अघि तालिवानहरुले गराएको बम विस्फोटमा परी कम्तीमा पनि ५१ जनाको ज्यान गएको छ । सो समाचार सार्वजनिक भएलगत्तै राजदूत जनाम मोसाजाइले यो याचना गरेका हुन् ।

पाकिस्तानको उत्तरपश्चिमी नगर अकोरा खताकमा उनले पाकिस्तानी धर्म गुरु मौलाना सामी युल हकसँग भेटगरी सो विषयमा प्रस्ताव गरेका समाचारमा जनाइएको छ ।

सामी हकले जमाते उलिमा एक मुस्लिम पार्टी पनि सञ्चालन गरेका छन् । उनको जमिया हक्कानिया नामको मुस्लिम विद्यालयमा कयौँ विद्यार्थी अध्ययनरत रहेका छन् ।

उनको प्रभाव पाकिस्तानमा निकै राम्रो रहेको अनुमान गरेर नै राजदूत उक्त सहयोगका लागि त्यहाँ पुगेका बताइएको छ ।

पाकिस्तान सरकारले अफगानिस्तान सरकार र तालिवानका बीचमा शान्ति वार्ताको समन्वय गरेको थियो । तरपनि सो वार्ता भने अघि बढ्न सकेको छैन । रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण