गृहपृष्ठ » मुख्य समाचार, समचारजिल्ला टुक्र्याएको खवरले कतै विरोध कतै खुसी

जिल्ला टुक्र्याएको खवरले कतै विरोध कतै खुसी

August 9, 2015३०० पटक

6-pardeshकाठमाडौं, २४ साउन– प्रदेशको सीमाङ्कन गर्दा विभाजित भएका बाग्लुङ, रूकुम र नवलपरासी जिल्लामा सीमाङ्कनप्रति कतै खुसी र कतै विरोध प्रदर्शन भएको छ । संवाद समिति अन्तर्गतको शीर्ष नेताहरू सम्मिलित विशेष समितिले शनिवार सीमाङ्कन सहित ६ प्रदेशमा सहमति जुटाउँदा ३ जिल्लालाई विभाजन गरिएको थियो ।

जिल्ला टुक्र्याएपछि बाग्लुङ र रूकुमका जनताले तत्काल विरोध प्रदर्शन सुरु गरेका छन् । उत्ता नवलपरासीमा भने स्थानीय जनताको भावना अनुरूप नै निर्णय भएको भन्दै सर्वसाधारणले खुसी ब्यक्त गरेका छन् ।
टुक्रिएका जिल्ला बाग्लुङ र रूकुमवाट निर्वाचित सभासद, पार्टीहरुका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूले आ–आफ्ना पार्टी नेताहरू मार्फत निर्णय सच्याउन दवाव दिएका छन् ।

विरोध स्वरुप बाग्लुङमा विहान देखि बन्द, हड्तालका कार्यक्रम भएका छन् भने रूकुममा पनि नागरिक समाजको अगुवाईमा विरोध प्रर्दशन भएको छ । रूकुमबाट स्थानीय पत्रकार महेश केसीले जिल्ला टुक्रा हुँदा आफ्नो मुटु नै चिरिएको प्रतिक्रिया दिए ।

‘विगत द्वन्द्वका क्रममा हाम्रा हात–खुट्टा खुकुरीले चिरींदा सहेर बस्यौं तर अव रूकुम चिरिंदा चुप लाग्न सक्दैनौं’ केसीले चक्रपथसँग भने, ‘हाम्रो शरीर टुक्रिएजस्तो भैएको छ ।’ सदरमुकाम मुसिकोट खलंगामा विरोध जुलुस भैरहेको उनले बताए । जिल्लामा रूकुमकोट देखिको पूर्वी भाग लुम्विनी र राप्तीको भूभागसँग मिलान गर्ने गरी निर्णय भएको थियो ।

त्यस्तै, बाग्लुङमा प्रसिद्ध ढोरपाटन सिकार आरक्ष सहितको भूभाग लुम्विनी र राप्तीसँग मिसाइएको भन्दैं विहानैदेखि सर्वसाधारण आन्दोलित भएका छन् । उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने काङ्गेस सभासद ज्ञानकुमारी छन्त्यालले जिल्ला टुक्रिएको खबर विहान मात्रै पाएको र त्यसलाई सच्याउन नेताहरूसँग छलफल गरिरहेको बताइन् । यदि निर्णय नसच्याइए संविधानसभाभित्रै अनशनमा बस्ने धम्की उनले दिइन् ।

‘जिल्ला टुक्रिएको थाहा पाएपछि विहान रामचन्द्र पौडेल, शेरवहादुर देउवा र कृष्णप्रसाद सिटौलालाई घरमै गई भेटेर अवगत गराएको छु, नाम चलेको शिकार आरक्ष भएकोले टुक्राइदिएका होलान्’ उनले भनिन् ‘यदि त्यस्तो भयो भने म अनसन बस्छु ।’ नेताहरूले संवाद समितिमा जान अझै बाँकी भएकोले आफुहरूले सच्चाउन पहल गरिदिने वाचा गरेको कुरा उनले बताइन् ।

एमाले केन्द्रीय सदस्य तथा राप्ती अञ्चल इन्चार्ज खेममान खड्काले पनि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र प्रमुख सचेतक अग्नी खरेललाई भेटी जिल्ला टुक्र्याउने कुराको विरोध गरेका छन् । उनले तत्काल उक्त निर्णय सच्याउन पहल गरिदिन आग्रह गरेका छन् । एमाओवादी सभासद गणेशमान पुनःले आजको संवैधानिक संवाद तथा राजनीतिक समितिको बैठकमा पुगी ध्यानाकर्षण गराएका छन् ।
यि दुई जिल्लामा विरोध भैरहँदा नवलपरासीमा भने निर्णयको स्वागत भएको छ । स्थानीय भावना अनुरूप नै दाउन्नेदेखि पूर्वी भाग गण्डकीतिर मिलान गरिनु उचित रहेको एमाले सभासद जीवन श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण