गृहपृष्ठ » राजनीति, विशेष, समचारप्रधानमन्त्रीको भारत भ्रमण आजदेखि

प्रधानमन्त्रीको भारत भ्रमण आजदेखि

February 19, 2016१४३ पटक

Kp-Oliकाठमाडौँ, फागुन ७ गते = प्रधानमन्त्री केपी शर्मा ओली ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो पाँचदिने भारत भ्रमणका लागि त्यसतर्पm प्रस्थान गर्दै हुनुहुन्छ ।  संविधान घोषणासँगै पाँच महिना लामो अघोषित नाकाबन्दीले चिसिएको नेपाल–भारत सम्बन्ध सुधार तथा आपसी विकासका विषयमा प्रधानमन्त्री ओलीको भ्रमण केन्द्रित रहनेछ ।

फागुन १२ गतेसम्मको भ्रमणका क्रममा प्रधानमन्त्रीसहित उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेत, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रधानमन्त्री पत्नी राधिका शाक्यसमेत सहभागी हुनुहुनेछ । त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका संसदका सदस्य, नेपाल सरकारका मुख्य सचिव, मन्त्रालयका सचिव एवं व्यावसायिक क्षेत्रका प्रतिनिधिको समेत भ्रमणमा सहभागिता रहनेछ ।
प्रधानमन्त्री ओली शुक्रबार नै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाली दूतावासमा ६६औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीलगायत त्यहाँका उद्योगी व्यवसायीसँग भेट गर्नुहुनेछ ।
त्यस्तै भारतमा रहेका नेपाली समुदाय तथा त्यहाँका सञ्चारमाध्यमसँग पनि प्रधानमन्त्री ओलीले छलफल गर्ने कार्यतालिका छ । भारतको उत्तराखण्डमा रहेको तेहरी जलविद्युत† आयोजना क्षेत्र तथा गुजरातको भुजमा भूकम्पपछि गरिएको पुनःनिर्माणको समेत स्थलगत निरीक्षण गर्ने प्रधानमन्त्रीको कार्यक्रम छ ।
राष्ट्रपतिलाई औपचारिक जानकारी
प्रधानमन्त्री ओलीले बिहीबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो भारत भ्रमणबारे औपचारिक जानकारी गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा प्रधानमन्त्रीसहित उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, मुख्य सचिव डा. सोमलाल सुवेदी सहभागी हुनुहुन्थो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण