गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारकला र संस्कृतिबिना देश विकास असम्भवः नेता खनाल

कला र संस्कृतिबिना देश विकास असम्भवः नेता खनाल

February 19, 2016१९२ पटक

Jhalanath Khanal Chairman CPN UMLइलाम, फागुन ७ गते । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कला र संस्कृतिको विकासले देश विकासमा सहयोग पुग्ने बताउनुभएको छ । नेपाल ललितकला मञ्च नेपालले आज बिहान इलाम चोकबजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले कला, संस्कृति भनेका देशका बहुमूल्य सम्पत्ति हुन्, तिनको संरक्षण र विकास गर्नुपर्छ, भन्नुभयो ।

साम्राज्यवादको सामु नझुकी कला र संस्कृतिको जगेर्ना गर्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

“सबै कला र संस्कृति देशप्रेमी हुनुपर्छ”, नेता खनालले भन्नुभयो – “देशप्रेम बिनाको संस्कृतिले विकास सम्भव हुँदैन ।” साहित्य परिवर्तनमुखी हुनुपर्ने जनाउँदै उहाँले साहित्य, कला र संस्कृति परिवर्तन हुँदै एकसाथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा लामो समयदेखि देखिएको अस्थिरताले नेपालको कला संस्कृतिलाई खासै प्रभाव नपारेको उहाँको भनाइ छ । आजदेखि हुन लागेको जनसांस्कृतिक महासङ्घको २८औँ वार्षिकोत्सवको उद्घाटन तथा जेएन एकल साँझका लागि इलाम आइपुग्नुभएका खनालले आज आफूले रचना गरेको गीतसमेत प्रस्तुत गर्ने बताइएको छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण