गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार गुल्मी जिल्लाको पहिलो रेडियो , रेडियो रेसुङ्गा आज देखि नबौं प्रवेश

गुल्मी जिल्लाको पहिलो रेडियो , रेडियो रेसुङ्गा आज देखि नबौं प्रवेश

February 19, 2016१६१ पटक

12688237_812208242245113_6025925194506908513_nअनिल खत्री गुल्मी फागुन ७  = गुल्मी जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा १०६=२ मेघाहर्ज आज देखि नबौं प्रवेश गरेको छ । “गाउँ देखि शहर सम्म पहाडदेखि तराई सम्म शान्ति र समान्ताको प्रतिक“ नारा बोकी २०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवशर पारेर स्थापना भएको रेडियोले सफलतम आफनो आठ वर्ष पुरा गरि नबौं वर्षमा प्रबेश गरेको छ । वार्षिक उत्सवको अबसरमा रेडियोले जलपान कार्यक्रम, शुभकामना आदानप्रदान , रेडियोलाई आगामि दिनमा अझ गुणस्तरिय बनाउन शेयर सदस्य महानुभावहरुसँग छलफल तथा अन्तरक्रिया, श्रोता प्रतिक्रिया लगायतका कार्यक्रम राखिएको स्टेशन म्यानेजर अनिता खत्रीले बताउनु भयो ।
रेडियोले गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थीत नयाँ बजारमा स्टुडियो रहेको रेडियोले समुद्रि सतहबाट २ हजार मिटर उचाईमा रहेको अर्जुनडाडाँ स्थीत आफ्नै टावर बाट दैनिक १८ घण्टा सुचना मनोरञ्जनात्म, ज्ञानबद्र्धक कार्यक्रमहरु प्रसारण गदै आएको छ । आम नागरिकको सुचना,अधिकारको प्रत्याभुती गराउदैँ सुचना, शिक्षा संञ्चार र मनोरञ्जन प्रदान गर्ने, नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने, शान्ति र समान्तामुलक समाजको निर्माणमा सहयोग जुटाउ उदेश्यले रेडियोको स्थापना गरिएको रेडियो संञ्चालक समितीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ जानकारी दिनुभयो । वार्षिक उत्सवको अबसरमा रेडियो संञ्चालक समितीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ शुभकामना दिदै रेडियो सञ्चालनको क्रममा सहयोग गर्ने शेयरधनी, रेडियोका कर्मचारी, बिज्ञापन दाता तथा आम श्रोताहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तौ सहयोगको अपेक्षा रहेको बताउनु भयो । समाजमा सकरात्मक सोचका बिषय बस्तु मार्फत सुचना, समाचार, मनोरञ्जन तथा ज्ञान दिदै आएको यस रेडियोले आगामी दिनहरुमा नयाँ नयाँ कार्यक्रमहरु सहित आउँने बताउनु भयो ।
निजि क्षेत्रबाट कम्पनि ऐना अन्तर्गत सञ्चालन भएपनि रेडियोले सामुदायिक रेडियो सरह आफ्ना समचार र विषय वस्तुलाई स्थान दिदैँँ आएको छ । गुल्मी जिल्लाका समाजसेवी,व्यवसायी, वुद्धिजिवि र संञ्चारकर्मीको संयुक्त पहलमा ५० जना महानुभावहरुको यस रेडियोमा लगानि रहेको छ । रेडियोले मुख्यतः आफ्नो गाउँ ठाउँ र समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरु र व्यवस्थापनलाई सञ्चालन गदै आएको छ । यस रेडियोले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्षित गरि तयार गर्ने गरेको छ । यसले संञ्चार ,विकास र चेतनाले पछाडि गरेका क्षेत्रका समुदायहरुलाई पहिलो प्राववथमिकतामा राखेर आफ्नो कार्यक्रमहरु उत्पादन र प्रशारण समेत गदै आएको छ । रेडियोलाई आगामि दिनमा अझ प्रभावकारी ढङ्गले सञ्चालनका लागि केन्द्रित रहेर आगामि दिनमा नागरिकको सुचनाको अधिकारको प्रत्याभुति गराउन शिक्ष संञ्चार रमनोरञ्जन प्रदानगर्ने खालका विभिन्न प्रस्तुतिहरु को साथमा अगाडि बढ्ने स्टेशन म्यानेजर अनिता खत्रिले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण