गृहपृष्ठ » समाचारहरुनेपाली कांग्रेस गाउँ कार्य समिती धातिवाङ्ग अर्घाखाँचीद्धारा श्र्रद्धान्जली सभा कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस गाउँ कार्य समिती धातिवाङ्ग अर्घाखाँचीद्धारा श्र्रद्धान्जली सभा कार्यक्रम सम्पन्न

February 19, 2016९८ पटक

घनश्याम पौडेल ७, फागुन अर्घाखाँची= नेपाली कागेंसका सभापति, पूर्व प्रधानमन्त्री, सविंधानका पिता, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व। सुशील कोइरालाको ११ औं दिनको पुण्य तिथिमा नेपाली कांग्रेस धातिवाङ्ग गाउँ कार्य समिती अर्घाखाँची द्धारा श्रदान्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।   कार्यक्रम नेपाली कांग्रेस धातिवाङ्ग गाउँ कार्य समितीका सभापती शोभाखर पौडेलको अध्यक्षता नेपाली कांग्रेसका युवानेता तथा महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेलको प्रमुख अतिथित्यतामा सम्पन्न भएको थियो । कांग्रेस क्रियाशिल सदस्य  तथा  कांग्रेस कार्यक्रता को व्यापक उपस्थिति रहेको कार्यक्रम प्रेमलाल पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम बोल्ने व्यक्ताहरुले सुशील कोइरालाले देखाएको बाटोमा हामीहरु हिड्नुपर्ने र उहाले अगांलेका निति तथा कार्यक्रमहरुलाई हामीले सफल पार्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण