गृहपृष्ठ » अन्तर्राष्ट्रिय, देवदह विशेष, स्वास्थ्यकतारमा अवैधानिक भएका कामदारको स्वदेश फर्कने प्रक्रिया

कतारमा अवैधानिक भएका कामदारको स्वदेश फर्कने प्रक्रिया

August 9, 2015६०४ पटक

उजिर कार्की

काठमाडौं, साउन २४ – खाडीका अरु देश जस्तै कतार पनि इस्लामिक धार्मिक कानुन सारियाका आधारमा चल्छ । सारिया अति कट्टर र कठोर कानून मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम भुलवश गर्दा पनि कडा दण्ड दिइन्छ । जस्तै उभिएर पिसाव फेर्नुलाई पनि त्यहाँ अपराध ठानिन्छ । त्यसैले कामदारका रुपमा खाडीका देश जानेहरुले सारिया कानुन उल्लंघन गर्न नहुने कुरामा विशेष सतर्क रहनुपर्छ । कम्पनी छाडेर भागेर काम गर्नेहरुलाई त झनै अप्ठेरो हुन्छ ।

कतारमा बस्दै गर्दा कम्पनी छोडेर भागेकालाई कस्तो प्रक्रिया गरी अघि बढ्नुपर्छ, परिवारको साथमा कतार बस्दा आप्रवासी परिवारजनको नवजात शिशु जन्मिएको अवस्थामा गर्नुपर्ने कानुनी प्रक्रियाबारे पनि कतिलाई जानकारी नभएर अनेकौं झन्झट बेहोरिरहनुपरेको हुन सक्छ । यी सबैका प्रक्रियागत सहजता र सजगताका विषयवस्तु सहित खोजतलास तथा अनुसन्धान (सर्

Lusail City, Qatar

Lusail City, Qatar

एन्ड इन्भेस्टिगेसन) शाखामा गएर के कसो गर्नुपर्छ यो पनि जान्न जरुरी छ । खोजतलास तथा अनुसन्धान (सर्च एन्ड इन्भेस्टिगेसन) शाखामा गएर कोही व्यक्ति कम्पनी छोडेर फरार भएमा कुन कुन कानुनी प्रक्रिया अपनाउने वा कसरी फरारवालाको उजुरी दर्ता गराउने ।
उजुरी दर्ता गराउने विधि

कुनै पनि रोजगारमा अनुबन्धित व्यक्ति कम्पनीको सम्बन्धित जिम्मेवार व्यक्तिसँग स्वीकृति नलिई कम्पनी छोडेर गएको केही दिनसम्म पनि फेरि काममा तथा कम्पनीले व्यवस्था गरेको आवासमा नफर्किएको अवस्थामा खोजतलास तथा अनुसन्धान विभागमा गएर यसबारे भर्नुपर्ने फारममा बुँदागत रुपमा उल्लेख गरिएका सम्पूर्ण कुरा जनाई अरबी भाषामा फाराम भर्ने र कम्पनी अथवा निगम भए फारम प्रिन्ट गर्ने ।

कम्पनी र निगमको हकमा फारममा कम्पनीका आधिकारिक व्यक्तिको दस्तखत गरी र छाप लगाउनुपर्छ । यसको साथै कम्पनी र निगमहरूको हकमा कम्पनी दर्ताको प्रमाणपत्र पनि फारमसँंगै नत्थी गर्नु अनिवार्य हुन्छ । तर त्यस भगौडा व्यक्ति व्यक्तिगत स्पोन्सर अन्तर्गत रहेको छ भने स्पोन्सरको दस्तखतमात्र मान्य हुने पनि कानुनले स्पष्ट गरेको छ । त्यस्ता व्यक्तिगत स्पोन्सर अन्तर्गत रहेको अवस्थामा स्पोन्सरको परिचयपत्र पनि फारामको साथमा अनिवार्य राख्नुपर्छ । कम्पनी छोडी फरार भएको कामदारको पासपोर्ट स्पोन्सरसँगै छ भने पासपोर्ट पनि सर्च एन्ड इन्भेस्टिगेसन शाखाका अधिकारीलाई फारमसँगै उपलब्ध गराउनुुपर्छ ।

फरार व्यक्तिले आफ्नो पासपोर्ट लगेको रहेछ भने जिम्मेवारी ग्रहण गर्दै स्पोन्सरले दस्तखत गरिदिनुपर्ने कानुनी प्रावधान छ । यस्तै कामदारको आवास अनुमति अर्थात् भिसाको वैधता अवधि समाप्त भैसकेको छ भने सम्बन्धित शाखाले नीतिगत रुपमा तय गरको शुल्क बुझाएको खण्डमा मात्र उजुरी दर्ता हुने कानुनी व्यवस्था छ । यस सम्बन्धी कम्पनी र व्यक्तिगत स्पोन्सरको उजुरी दुई सिफ्ट गरेर लिने व्यवस्था सम्बन्धित प्रशासनले गरेको छ । सो अनुरुप त्यस्ता उजुरीहरू विहानको सिफ्टमा ७ बजे देखि १२ बजेसम्म र साँझको सिफ्टमा ३ बजेदेखि ८ बजेसम्म बुझ्ने व्यवस्था मिलाइएको छ ।
आवास अनुमति र भिसाको नियम उल्लंघन गरेको अवस्थामा यस्तो विधि र प्रक्रिया अनुसरण गरौं

१. पिआरओ वा व्यक्तिगत परिचयपत्र उपलब्ध गराउने ।
२. कम्पनी दर्ता कार्डको सक्कल वा प्रतिलिपि उपलब्ध गराउने ।
३. कम्पनी, निगम वा व्यक्तिगत स्पोन्सरविरुद्ध अभिलेखित उल्लंघनको बयान लिने ।
४. कानुनले तोकेको जरिवाना भुक्तानी गर्ने जिम्मेवारीका लागि दस्तखत गर्ने ।
५. तोकिएको समयभित्र जरिवाना तिर्ने ।
६. तोकिएको समयभित्र जरिवाना नतिर्ने कम्पनीलाई कालोसूचीमा राखिनेछ ।
अनुगमन (फलो अप) शाखा जन्मदर्ता प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि

१. निवेदकको परिचयपत्र उपलब्ध गराउने ।
२. प्रिभेन्टिभ हेल्थ डिपार्टमेन्टबाट फलोअप रसिद प्राप्त गर्ने ।
३. नवजातको लागि आप्रवासी मामिला विभाग (एक्सपाट्रिएट्स अफेयर्स डिपार्टमेन्ट) बाट पासपोर्ट र छाप लागेको आवास अनुमतिपत्र प्राप्त गर्ने ।
४. मुलुक छोड्ने भए हवाई टिकट देखाउने ।
अनुगमन (फलो अप) शाखा क्रिमिनल इभिडेन्सेस एन्ड इन्फर्मेसन डिपार्टमेन्ट (सिइआइडी)–(अफिस अफ कम्प्लिटिङ प्रोसिड्युर्स)

१. पिआरओ परिचयपत्र वा व्यक्तिगत परिचयपत्र उपलब्ध गराउने ।
२. उक्त व्यक्ति (कारोबारको स्वामित्व भएको व्यक्ति) लाई उसको पासपोर्टसहित ल्याउने ।
३. स्वदेश फिर्ता पठाइने व्यक्तिको हवाई टिकट र बक्यौता उपलब्ध गराउने।
४. भिसाको लागि दिइएको अवधि सकिएको छ वा फरार भएको उजुरी दर्ता गराइसकेको छ भने तोकिएको जरिवाना तिर्ने ।
प्रस्थान शाखा (डिपार्चर सेक्सन) प्रतिबन्ध फुकुवा गर्न आवश्यक कार्यविधि

१. व्यक्तिगत स्पोन्सरसिप भए स्पोन्सरको सक्कल परिचयपत्र उपलब्ध गराउने ।
२. कम्पनी स्पोन्सरसिप भए पिआरओ कार्ड उपलब्ध गराउने।
३. संस्था दर्ता प्रमाणपत्रको सक्कल प्रति उपलब्ध गराउने (कम्पनी स्पोन्सरसिपको हकमा) ।
४. पुरानो जरिवाना पहिले तिर्ने (स्पोन्सर गरिएको व्यक्तिको हवाई टिकटको मूल्य वा उसको बक्यौता) ५. व्यक्तिगत स्पोन्सरसिपको हकमा प्रतिबन्ध फुकुवा शुल्क १ हजार रियाल र कम्पनी स्पोन्सरसिपको हकमा ६ हजार रियाल तिर्ने ।
खोजतलास तथा अनुसन्धान (सर्च एन्ड इन्भेस्टिगेसन) शाखा फरारको उजुरी दर्ता गराउने विधि

१. सम्बन्धित कर्मचारीबाट उजुरीको लागि तोकिएको फारम प्राप्त गर्ने
२. फारम अरबी भाषामा भर्ने, कम्पनी वा निगम भए प्रिन्ट गर्ने ।
३. कम्पनी र निगमहरूको हकमा आधिकारिक व्यक्तिको दस्तखत र प्रस्ट छाप लगाउने ।
४. कम्पनी र निगमहरूको हकमा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि उपलब्ध गराउनुपर्छ ।
५. व्यक्तिगत स्पोन्सरसिपको हकमा स्पोन्सरको दस्तखत मात्र मान्य हुनेछ ।
६. व्यक्तिगत स्पोन्सरसिपको हकमा स्पोन्सरको व्यक्तिगत परिचयपत्र उपलब्ध गराउनुपर्छ ।
७. फरार व्यक्तिको पासपोर्ट उपलब्ध गराउने। सम्भव नभए यसको जिम्मेवारी ग्रहण गर्दै दस्तखत गर्ने ।
८. आवास अनुमति वा भिसाको वैधताले तोकिएको अवधि नाघिसकेको भए तोकिएको शुल्क बुभाएपछि मात्र उजुरी दर्ता हुन्छ ।
९. कम्पनी र व्यक्तिगत स्पोन्सरको उजुरी दुई सिफ्टमा लिइनेछः बिहानी सिफ्टमा; ७ देखि १२ बजेसम्म साँझको सिफ्टमा; ३ बजेदेखि ८ बजेसम्म ।
– गृह मन्त्रालय कतारका कानूनी परामर्शदाता प्रोफेसर मोहम्मद रमजान अलि मियाको सहयोगमा । मिया कतारको कानुन नेपालीमा अनुवाद गर्ने व्यक्ति हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण