गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारगच्छदार कार्यवाहक प्रधानमन्त्री

गच्छदार कार्यवाहक प्रधानमन्त्री

February 20, 2016२४४ पटक

gacchadar

काठमाडौँ, फागुन ८ गते = राष्ट्रपति विद्या भण्डारीले उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका लागि शुक्रबार मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएपछि प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवम् यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

राष्ट्रपतिले शुक्रबार विज्ञप्ति प्रकाशित गर्नुहुँदै उपप्रधानमन्त्री गच्छदारलाई प्रधानमन्त्रीको अनुपस्थितिमा जिम्मेवारी सम्हाल्नेगरी तोक्नुभएको हो । “प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री गच्छदारले सम्हाल्ने गरी राष्ट्रपतिले तोक्नुभएको छ”, राष्ट्रपति कार्यालयका सहकायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण