चीनमा यौन दुव्र्यव्यहार गर्नेलाई जन्मकैद
चीन, २४ साउन– आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने एकजना चिनियाँ शिक्षकलाई जन्मकैदको सजाय दिइएको समाचार छ ।
उत्तरपश्चिमी चीनको एक अदालतले प्राथमिक विद्यालयमा अध्ययनतर आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार गर्ने ची शिक्षकलाई सो सजाय दिएको एक समाचारमा जनाइएको छ ।
हउङ जेन्झिङ नाम गरेका ती शिक्षकले बढीमा १२ वर्षको उमेरका ती साना १२ जना नानीलाई सो दुव्र्यवहार गरेको भनी थुनामा राखिएको छ ।
आज अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको चीनबाट प्राप्त समाचारमा जनाइएको छ । ती शिक्षकबाट ती बालिकालाई क्षतिपूर्ति पनि भराइएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा