गृहपृष्ठ » विशेष, शिक्षा, समचार, स्वास्थ्यप्रेमिका भेटन गएका प्रेमीको हत्या

प्रेमिका भेटन गएका प्रेमीको हत्या

February 27, 2016२०२ पटक

१५ फागुन, बारा = बारामा रहेकी प्रेमिका भेट्न आएका रौतहटका एक युवकको हत्या भएको छ । रौतहटको सन्तपुर दोतिस्या गाविस ७ का २६ वर्षीय पुण्यदेवप्रसाद यादवको हत्या भएको हो ।

Map-of-baraबाराको भोडहा गाविस ८ धोदामा रहेकी आफ्नी प्रेमीकालाई भेट्न आएका बेला यादवको हत्या भएको हो । बाराको मनहर्वा-५ स्थित टेङ्गरहर नदी नजिकैको बाँसघारीमा उनको शव फेला परेको थियो ।

रौतहट जिल्लाको सन्तपुर दोस्तीया गाविस-७ निवासि प्रेमी पुनदेवप्रसाद यादव आफ्नो प्रेमीका भेटनका लागि फागुन ४ गते बाराको भोडाहा गाविस वडा नं ८ धोदा आएका थिए । फेला परेको शव यादवकै रहेको जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी निरिक्षक खगेन्द्र धमलाले बताए ।

प्रेमिका भेटन आएदेखिनै प्रेमी यादवलाई प्रेमिकाका घरपरिवारका मान्छेले बेपता बनाई हत्या गरेको यादवका बुवा हितलाल राय यादवले आरोप लगाए ।  घरबाट हिडेदेखिनै आफ्नो छोरा सम्पर्कमा नरहेको र उनको खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा छोराको शव फेला परेको हितलालले बताए ।

भोडाहा निवासी कृष्ण साहकी छोरी प्रियंयंका साहसँगको माया प्रेममा परेका यादव पि्रयंकालाई भेट्न आएदेखी नै सम्पर्कमा नरहेको आरोप प्रेमीका भाई मदन यादवले बताए । उनले भाईको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत गरेको बताए । तर प्रहरीले चासो दिएको छैन् उनले भने ।

बिहिबार कलैयामा यादवले पत्रकार सम्मेलन गर्दै प्रहरीले छोराको खोजीमा ढिलासुस्ती गरिरहेको आरोप लगाएका थिए । छोराको खोजी र आपराधिलाई कारवाही गर्नमा प्रहरी सक्रिय नभएको आरोप पीडितहरुले लगाएका छन् ।

गतबर्ष माघमा पर्सा जिल्लामा विवाह भएपनि माईत बस्दै आएकी साह र पुनदेवको फोन सम्पर्कबाट प्रेम भई वितेको कार्त्तिकमा उनीहरुले घरबाट भागेर विवाह गरेका थिए ।

उनीहरुको विवाहको विपक्षमा रहेका पि्रयंकाका बाबु कृष्णले केही समयपछि छोरी फिर्ता ल्याएका थिए । त्यसपछिका दिनमा दुबै जनाको बीचको सम्पर्क कायमै रहेको प्रियंकाले पुनदेवलाई आफ्नो माईत बोलाएका बेला उनका आफन्तले बेपत्ता बनाएको आरोप हितलालले लगाए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण