गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारप्रधानमन्त्री ओलीको भारत भ्रमण अत्यन्तै फलदायी स् उपप्रधानमन्त्री केसी

प्रधानमन्त्री ओलीको भारत भ्रमण अत्यन्तै फलदायी स् उपप्रधानमन्त्री केसी

February 29, 2016१६४ पटक

दिल शिरीष १७ फागुन, बागलुङ = उपप्रधानमन्त्री, गरिबी तथा सहकारी मन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिक भएको बताउनुभएको छ । जिल्ला विकास समिति बागलुङको २४ औं जिल्ला परिषदको उद्घाटन गर्दै उपप्रधानमन्त्री केसीले भारतले सधै नेपालका सरकार प्रमुखलाइ झुकाएर संयुक्त वक्तव्य जारी गर्ने गरे पनि प्रधानमन्त्री ओली भारतसँग नझुकेका कारण संयुक्त बक्तव्य नआएको दाबी गर्नुभयो ।

भारतले सधै नेपालका सरकार प्रमुखलाई आफ्नो देशमा बोलाएर राष्ट्रहित विपरित सन्धी सम्झौता गराउने गरेको भन्दै केसीले प्रधानमन्त्री ओलीको भ्रमण भने राष्ट्रियताका सवालमा ऐतिहासिक भएको बताउनुभयो । सरकार भन्दा देश ठूलो भएको उल्लेख गर्दै मन्त्री केसीले सरकार टिकाउनका लागि राष्ट्रियता धरापमा पार्न नदिने प्रष्ट पार्नुभयो । आफ्नो बैदेशिक भ्रमणका विषयमा प्रधानमन्त्रीले मन्त्रीपरिषदमा छलफल गर्ने गरेको र राष्ट्रलाई दुरगामी असर गर्ने कुनै सहमति सम्झौता नगरेकाले सरकार राष्ट्रियताका पक्षमा दृढ रहेको व्यवहारिक हिसावले पुष्टि भएको उहाँको भनाई थियो ।

उहाँले जिल्लाको समग्र विकास योजना राजनीतिक दाउपेच भन्दा पनि स्थानीय माग र आवश्यकतामा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । ‘राजनीतिक हिसावले आफ्ना कार्यकर्ता भएको ठाउँमा योजना, सेवा सुविधा केन्द्रित गर्ने परिपाटी छ, उहाँले भन्नुभयो, अब योजना बनाउदा र स्थानीयको चाहना आंकाक्षलाई सम्वोधन गर्दा साझा सबै नागरिकले लाभ लिने गरी अघि बढ्नु पर्छ ।

उहाँले अब मन्त्रालयबाट गरिबी परिचय पत्र छिट्टै बितरण गर्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । गरिबी न्युनिकरणका लागि गरिब बिपन्न पहिचान गरेर राज्यले दिने सेवा सुविधा उनीहरुलाई केन्द्रित गर्ने उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण