गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, विशेष, समचारजिविस गुल्मीको झण्डै ४ अर्ब बजेट

जिविस गुल्मीको झण्डै ४ अर्ब बजेट

February 29, 2016२४२ पटक

अनिल खत्री  गुल्मी फागुन १७ = गुल्मी जिल्लाको नबौं गणतान्त्रि जिल्ला परिषद एक समारोहका बिच सोमबार उद्घाटन भएको छ । जिल्ला विकास समिति गुल्मीको नबौं जिल्ला परिषद्ले आगामी आर्थिक वर्ष २०७३ र ७४ का लागि झण्डै ४ अर्ब बजेट बिनियोजन भएको छ । जिल्ला बिकास समिती गुल्मीले आवधिक जिल्ला विकास योजनाले कृषि, पर्यटन र प्राथमिकता दिँदै जिल्लाको कुल बजेट रु ३ अर्ब ६८ करोड ९५ लाख ६३ हजार रहेको छ । जस मध्ये चालु तर्फ २ अरब ६ करोड ६९ लाख १६ हजार तथा पुँजिगत तर्फ रु १ अर्ब ६२ करोड २६ लाख ४७ हजार अनुमानित बजेट बिनियोजन भएको छ । उक्त प्रस्ताबित बजेटमा जिल्ला बिकास समिती, बिषय गत कार्यालयहरु गैरसरकारी संस्था र सहकारी संस्थाकोहरुको रकम रहेको छ ।
जिल्ला बिकास समितीको आन्तिरिक स्रोतबाट ३ करोड ३० लाख २० हजार नेपाल सरकार दातृसंस्था तथा अन्य स्रोतबाट ८६ करोड ६३ लाख ४१ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ । पूँजिगत तर्फ ४९ करोड ६८ लाख ४७ हजार र चालुतर्फ ३६ करोड ९४ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको स्थानीय विकास अधिकारी डिलाराम पन्थीले जानकारी दिए ।
प्रस्तुत बजेट मध्ये आर्थिक विकास तर्फ ४३ करोड ६७ लाख ६० हजार समाजिक बिकास तर्फ १ अर्ब ९५ करोड ३४ हजार वन वातावरण तर्फ ९ करोड ६९ लाख ६४ हजार पुर्वधार विकास तर्फ १ अर्ब २० करोड ६८ लाख ५ हजार रहेको छ । आ.व. २०७१÷७२ मा जिल्लाको आन्तरिक आय ७३ करोड ३९ लाख ५९ हजार थियो ।
यसैविच, परिषदमा उत्कृष्ट कार्य सम्पादनको आधारमा यहाँको घरेलु तथा साना उद्योगका प्रमुख कृष्णप्रसाद पोखरेल, उत्कृट कर्मचारीमा जिल्ला बिकास समितीका कार्यक्रम अधिकृत बिनोद मरासिनी, सब इन्जीनियर सत्यनारायण राय यादव, कम्प्युटर साहय सारदा टण्डन, गाविस सचिव रिसीराम पोखरेल, कर्मचारीमा खोपलाल भुसाल, उत्कृष्ट पशुपाल पल्लिकोटका डिल्लीराज खनाल, उत्कृष्ट कृषक लोकहरी कुवँर पुर्कोटदह, टेकवान्डो खेलाडी भगवती राना, उत्कृष्ट उपभोक्ता समिती ठुलोलुम्पेकका टोपलादेवी राहाडी उत्कृष्ट पत्रकार अनिल खत्रीलाई नगद र प्रशंसा पत्रले पुरस्कृत गरेर सम्मान गरिएको थियो ।
कार्यक्रममा गुल्मी क्षेत्र नं. ३ का सांसद् गोकर्णराज बिष्टले उदघाटन गर्दै जिल्लाको समग्र विकास निर्माणमा सवै राजनितीकदलहरु एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भएको थियो । जिल्लाको बिकास निर्माणमा आफ्नो तर्फबाट सधै सहयोग रहदै आएको र आगामी दिनहरुमा पनि अझवढी योजनाहरु समाबेस गरेर जाने बताउनु भयो । साँसद बिष्टले देसमा संबिधान जारी भएकोले अब राजनितीक दलहरु बिकास निर्माण गर्न लाग्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा सांसदहरु दिलशोभा पुन, सृजना तामु, कमला बिश्वकर्मा , पुर्व सांसद कमलराज श्रेष्ठ, पूर्व जिबिस सभापति कोशल पोखरेल लगायत जिल्ला स्थित क्रियाशिल बिभिन्न राजनितीक दलका प्रमुख तथा बिभिन्न कार्यलयका संघ संस्थाका प्रमुखहरुले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रम स्थानिय बिकास अधिकारी डिलाराम पन्थीको सभापतित्व गुल्मी क्षेत्र नं. ३ का सांसद् गोकर्णराज बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिविस गुल्मीका योजना तथा प्रशासकिय अधिकृत भक्तीराम मरासिनीको स्वागत र सुचना अधिकृत शंकरप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो .

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण