गृहपृष्ठ » मुख्य समाचार, विशेष, स्वास्थ्यपर्यटन पत्रकारले पाए सञ्चार सामग्री

पर्यटन पत्रकारले पाए सञ्चार सामग्री

August 9, 2015४३६ पटक

sancharकाठमाडौं, २४ साउन-पर्यटन पत्रकार सङ्घले पर्यटन पत्रकारलाई विभिन्न सञ्चार सामग्री प्रदान गरेको छ ।

सङ्घमा आबद्ध विभिन्न सञ्चारमाध्यमका १७ जना पर्यटन पत्रकारलाई जनही २५ हजार मूल्य बराबरको झोला, टेप रिकर्डर, इन्टरनेट डिभाइस,प्रेस ज्याकेटलगायतका सामग्री प्रदान गरिएको हो । खुम्बिला संरक्षण प्रतिष्ठानको सहयोगमा प्रदान गरिएको उक्त सञ्चारसामग्री प्रतिष्ठानका अध्यक्ष निम्बा जाङ्बु शेर्पा र चर्चित पदयात्री स्विस नागरिक मिसेल जोबिनले वितरण गरे ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् पर्यटन व्यवसायी शेर्पाले नेपालको पर्यटन प्रवद्र्धनमा पर्यटन पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताए । लगातार ७० पटकभन्दा बढी नेपाल आएका पदयात्री स्विस नागरिक जोबिनले आफू पहिलो पटक यहाँ आएदेखि नेपालका पर्यटकीय गन्तव्यसँग गहिरो सम्बन्ध रहेकाले बाँचुन्जेलसम्म नेपाल आएर यहाँको पर्यटन प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता जनाए ।

नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक राजु शिलवालले नेपालको पर्यटन प्रवद्र्धनमा सङ्घले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै आगामी दिनमा पनि यहाँको पर्यटनबारे अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाह गर्न लाग्नुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष देवी पन्तले पर्यटन पत्रकारहरुलाई पेसाप्रति थप प्रोत्साहन गर्ने उद्देश्यले सञ्चार सामग्री प्रदान गरिएको बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शेर्पाले मिर्गौला रोगबाट पीडित पर्यटन पत्रकार सङ्घका संस्थापक अध्यक्ष हरिराज जोशीलाई नगद ५० हजार सहयोग गरेका थिए ।

सोही अवसरमा स्विस नागरिक जोबिनले नेपाल आएको ४० वर्ष पुगेको अवसरमा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै प्रतिष्ठानले दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । कार्यक्रममा भूकम्पपछि नेपालको समग्र पर्यटन अवस्थाबारे निर्माण गरिएको डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण