गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचार, स्वास्थ्यउद्यमीले पुँजी र प्रबिधिको कमीले गर्दा ब्यवसाय सुरुवात गर्न सकेनन् १

उद्यमीले पुँजी र प्रबिधिको कमीले गर्दा ब्यवसाय सुरुवात गर्न सकेनन् १

February 29, 2016१६८ पटक


सन्तोष गौतम, म्याग्दी २०७२ फागुन १७ =म्याग्दीको अर्मन र झिँका उद्यमीहरुले हातमा सिप भएपनि पुँजी र प्रबिधिको कमीले गर्दा ब्यवसाय सुरुवात गर्न सकेका छैनन् ।

घरेलु तथा साना उद्यम विकास समितिले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागि उद्यमीहरुले तालीमले उत्साहीत बनाएपनि बिबिध कारणले ब्यवसाय सुरु गर्न नसक्दा निराश भएको बताएका छन् ।
समितीले गत आर्थिक वर्ष २०७१र७२ मा गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत अर्मन १ टिकवाङ र झिँका ४४ जना महिलाहरुलाई अल्लो प्रसोधन र ढाका कपडा बुनाई सम्बन्धि तलीम दिएको थियो ।
स्थानीय स्तरमा कच्चा पदार्थ, हातमा सिप र जागर भएपनि लगानी गर्ने पुँजी र यन्त्र उपकरण लगायत प्रबिधिको कमीले गर्दा ब्यवसाय गर्न नसकेको प्रगतिशिल उद्यमी समूह टिकावाङकी वुद्धीमाया बिकले बताए ।

संगम परामर्श केन्द्र नामको गैरसरकारी संस्थाले दुई वटा तान सहयोग गर्ने आश्वासन दिएपनि तान र पैसा केही पनि नदिएको टिकावाङका उद्यमीहरुको गुनासो छ । सिप सिकेका उद्यमीहरुले ब्यवसाय गर्न सहज रुपमा सहुलियतमा ऋण, औजार, उपकरण तथा क्षमत्ता र गुणस्तर सुधार गर्न मद्दत पुग्ने तालीमको माग गरेका छन् ।

बरिष्ठ घरेलु उद्योग विकास अधिकृत मिरादेवी अधिकारीले तालीमप्राप्त उद्यमीहरुलाई सहुलियतमा औजार र थप तालीमको ब्यवस्था गरेर ब्यवसायीक बनाउन पहल भैरहेको बताए ।

जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बजार विकास बिशेशज्ञ रजनी थापाले गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको गतिबिधि र उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण