छलिया नाचप्रति आकर्षण बढ्यो
कञ्चनपुर, फागुन १७ =
केही वर्ष अघि लोप हुने अवस्थामा रहेको छलिया नाचप्रति पछिल्लो समय आकर्षण बढ्दै गएको छ । सुदूरपश्चिममा प्रख्यात मानिएको छलिया नाच विशेषगरी विवाह, जन्तीभोज, ब्रतबन्ध, न्वारन तथा देवताका जाँतहरुमा नाच्ने गरिन्छ ।तर, आधुनिक प्रविधिका कारण बीचमा लोप हुने अवस्थामा रहेको छलिया नाचप्रति अहिले सबैको आकर्षण बढेकाले विभि न्न सभा, समारोह तथा कार्यक्रममा समेत यो नाच देख्न सकिन्छ ।
छलिया नाचका लागि विभिन्न रंगका कपडाको विशेष किसिमको पोसाक सिलाईएको हुन्छ भने छलिया बाजामा रुङसीङो, दमाउ, दाइन, झ्याली हुन्छन ।
छलिया बाजासँगै हुड्केली नाच पनि नाच्ने गरिन्छ । हातमा ढाल र तरवार लिएर छलिया बाजासहित समूहमा नाचिने यो नाच सुदूरपश्चिमको संस्कृति तथा यहांको प्रमुख आकर्षण हो ।
सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ, दार्चुला लगायतका जिल्लामा नाचिने छलिया नाच जिल्ला र ठाँउ अनुसार फरक फरक किसिमले नाच्ने गरेको स्थानीयले बताएका छन् ।