गृहपृष्ठ » कृषि, मुख्य समाचार, राजनीति, विशेष, समचारसीआईबीले विमानस्थलमा छापा मार्‍यो, एक एयर राइफल फेला

सीआईबीले विमानस्थलमा छापा मार्‍यो, एक एयर राइफल फेला

March 2, 2016२५३ पटक

१९ फागुन, काठमाडौं । विषेश सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी)को टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा छापा मार्‍यो ।

एउटा कार्टुनमा लेखिएको छ, खेलौना हतियार । तर, सीआईबीको टोलीले कार्टुन खोलेर हेर्दा असली हतियार भेटिएको छ । बरामद भएको राइफल इजरायलबाट आएको खुलेको छ ।

इजरायलबाट आएको विमानमा हतियार छ भन्ने विषेश सूचनाको आधारमा छापा मार्दा एयर राइफल भेटिएको सीआईबीका डिआइजी नवराज सिलवालले जानकारी दिए । सिलवालका अनुसार राइफल कार्गोको बाक्समा प्याक भएर आएको थियो रराइफलसँग अन्य कुनै सामान थिएन ।

प्रहरीले बरामद गरेको हतियारमा ११०९०७२९४ नम्बर लेखिएको छ । राइफलमा इजरायल वाइपन्स इन्ड्रस्टिज अर्थात इजरायल हतियार उद्योग कम्पनी पनि लेखिएको छ ।

बरामद भएको हतियार भन्सारकै नियन्त्रणमा छ । त्रिभुवन विमानस्थल भन्सार कार्यलयका प्रमुख योगेन्द्र भट्टचनले भने प्रहरीले भनेको हतियार पुस २६ गते एक जापानिज नागरिकले ल्याएको बताए ।भट्टचनका अनुसार भन्सारमा आएका सामान ६० दिनसम्म सम्बन्धित व्यक्ति दाबी गर्न आउनसक्छन् । यदि ६० दिन सम्म आएन भने सूचना निकाल्ने र त्यसपछि पनि कोहि नआए जफत हुने गरेको छ ।

तर, बुधबार हतियार भनिएको सामानको बारेमा भन्सार प्रक्रिया पुरा नभइकेकोले हतियार हो कि होइन भन्ने आफुलाई जानकारी नभएको भन्सार प्रमुख भट्टचनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण