एमाले बागलुङका सदस्य भण्डारीद्वारा प्राप्त ब्लाङ्केट भुकम्प पिडितलाई वितरण गरिने
फाल्गुण २० गते ।नरेठाँटी गाविसको वैठकले गाविसमा प्राप्त भएको १३ थान ब्लाङ्केट भुकम्प गाविसका १३ जना भुकम्प पिडितलाई दिने निर्णय गरेको छ । नेकपा एमाले बागलुङका सदस्य रत्ना भण्डारीले गाविसलाई दिनुभएको ब्लाङ्केट प्रदान गर्ने भुकम्प पिडित छनोट गरिएको र नारी दिवशको दिन फागुन २५ गते प्रदान गर्ने निर्णय भएको हो ।
वैठकले चालु आर्थिक बर्षमा गाविसमा सञ्चालन गरिने योजनाको सम्झौताका लागि उपभोक्ता समिति गठन तथा पुनर्गठन गरेर गाविस कार्यालय र जिल्ला विकास समितिमा जाने निर्णय पनि गरेको प्राविधिक सहायक यादव रेग्मीले जानकरी दिनुभयो । बैठकले गाविसमा निर्माण गरिने भुल्के पुरनपानी खानेपानी योजना र वडा नम्वर–२, ४, ९ को क्रमागत योजनाको प्राविधिकबाट सर्वे गराई लागत र ईस्टिमेट डिजाईन गर्ने निर्णय गरेको छ । बैठकमा गाविसका सचिव वुद्धबहादुर वस्नेतले यहि फागुन २२ गतदेवि मतदाता सहितको नामावली संकलन गर्ने कार्यक्रम तयारी नपुगेका कारण स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।