गृहपृष्ठ » खेलकुद, मुख्य समाचारवादोकाइ कराँते डो विश्व कपमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान

वादोकाइ कराँते डो विश्व कपमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान

August 9, 2015३०२ पटक

काठमाडौं, साउन २४ – वादोकाइ कराँते डो विश्व कपमा सहभागी हुन नेपाली वादोकाइ टोली आइतबार जापानको नागोया प्रस्थान गरेको छ । अगष्ट १५ देखि १८ तारिखसम्म हुने विश्व कपमा पुरुषको ६० केजीमुनि निरज महर्जन, ८० केजीमुनि राजेन्द्र ठक्कु मल्ल तथा ७५ केजीमुनि किरण डंगोलले प्रतिस्पर्धा गर्नेछन् । किरण भने अहिले जापानमै रहेकाले उनी त्यतैबाट प्रतियोगितामा सहभागी हुने छन् । टिम व्यवस्थापकमा दीपक लामा तथा प्रशिक्षकमा अल नेपाल वादोकाइ कराँते संघका प्रमुख प्रशिक्षक मोहन महर्जन रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य राजेन्द्र श्रेष्ठ (राजु) लगायतले एक कार्यक्रमबीच बिदाइ गरे । त्यस अवसरमा नेपाल कराँते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, महासचिव केदारबाबु सिवाकोटीलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण