गृहपृष्ठ » मुख्य समाचार, समचारम्याग्दीमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने

म्याग्दीमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने

March 3, 2016९३ पटक

प्रताप बानियाँ
म्याग्दी, फागुन २० गते । म्याग्दी जिल्लामा यही फागुनको तेस्रो साताबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा आयोजना गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रममा मतदाता नामावली सङ्कलन कार्यक्रमबारे जानकारी गराइएको हो ।
फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम–२०७२ अन्तर्गत मतदाता नामावली सङ्कलन गर्न जिल्लास्थित सरोकारवालाहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको जिल्ला निIMG_0011र्वाचन कार्यालय म्याग्दीले जनाएको छ । फोटोसहितको मतदाता नामावलीमा नामदर्ता हुन छुटेका तथा मतदाता हुन योग्य नागरिकहरुको नाम समावेश गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए ।
उनका अनुसार यही फागुन २१ र २२ गते पश्चिम म्याग्दीको दरबाङ गाविसबाट मतदाता नामावली सङ्कलनको कार्यक्रम शुरुवात गरिने भएको छ । आगामी चैत २० गतेसम्म जिल्लाको मल्कबाङ, मुदी, लुलाङ, ताकम, देवीस्थान, रुम, निस्कोट, अर्मन, बाबियाचौर, भकिम्ली र दाना गरी १२ ओटा गाविसमा पुगेर नामावली सङ्कलन गरिने अधिकारी पौडेलले जानकारी दिए ।
नामावली सङ्कलनका क्रममा मतदाता नामावलीको अद्यावधिक गर्ने, त्रुटिहरु सच्याउने, नयाँ मतदाताहरुलाई परिचयपत्र वितरण गर्नेलगायतका कार्यक्रम सञ्चालन गरिने अधिकारी पौडेलको भनाई छ । म्याग्दीमा २०७२ पौष मसान्तसम्म कुल ६६ हजार ४०४ जना मतदाताहरु रहेका छन्भने तीमध्ये ३६ हजार ६६६ पुरुष र २९ हजार ७३७ जना महिला मतदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण