गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारपौडेललाई समर्थन गर्दै नेतृ कोईरालाले सभापतिको उम्मेदवारी फिर्ता लिईन

पौडेललाई समर्थन गर्दै नेतृ कोईरालाले सभापतिको उम्मेदवारी फिर्ता लिईन

March 3, 2016१८४ पटक

फाल्गुण २० गते । पार्टी सभापतिमा उम्मेद्वारी घोषणागरेकी सुजाता कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्नेभएकी छिन् । पौडेलसँग तीनबुँदे सहमतिपछि सुजाताकै निवास मण्डिखाटामा विहीबार बिहान पौडेल र कोइरालाले संयुक्त पत्रकार सम्मेलनको आयोजनासमेत गरेका छन् ।
download (2)  बुधबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरे लगत्तै पौडेलर सुजाताबिच सहमति भएको हो । कांग्रेस नेतृत्वको सरकार बनेको अवस्थामा सुजातालाई प्रधानमन्त्री बनाउने पौडेलले आश्वासन दिनुभएको छ । स्रोतका अनुसार विधान संशोधनपछि महिला उपसभापतिको प्रावधान राख्ने र त्यसमा सुजातालाई जिम्मेवारी दिने पौडेलले सहमति जनाएपछि सुजाता पौडेललाई समर्थन गर्न तयार भएकी हुन् ।
यसअघि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको असहमतिका कारण विधान संशोधन प्रस्ताव दर्ता नभएपनि महाधिवेशनपछि आफू सभापति भएमा महासमिति बैठक बोलाएर संशोधन गर्ने पौडेलको भनाई छ । यस्तै कार्यसमितिमा मनोनित हुने २१ जनामध्ये ५ जना सुजाताले भनेको मान्छे राख्न पनि पौडेल सहमत हुनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण